२०८२ पाैष १३
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री डा. गाेपाल दहितले सकारात्मक साेच र चिन्तन आवश्यक रहेकाे बताएका छन् ।

डा. दहितले युवा पुस्तामा महत्वाकांक्षा बढी र मिहिनेत नगर्ने सबै कुरा सजिलै प्राप्त गर्न खाेज्ने गरेकाे समेत बताए ।
उनले युवाहरुमा बढि महत्वाकांक्षा भएकाे समेत बताएका छन् ।
उनले नकारात्मक साेचलाई सकारात्मक साेचमा साथ परिवर्तन गरि समाजमा सकारात्मक कामकाे प्रगति हुने र नकारात्मक साेचले समाजलाई बिध्वसतिर लग्दै जाने गरेकाे समेत बताए ।
तर समाजमा सकारात्मक भन्दा नकारात्मक कुराहरूकाे बढी प्रचार प्रसार हुने गरेकाेमा भने चिन्ता समेत ब्यक्त गरेका छन् ।


बर्दियाको राजापुर नगरपालिका जोतपुरमा रहेको युनिक नेपालको ३० औं बार्षिक साधारण सभालाई सम्बाेधन गर्दै उनले नकारात्मक साेचलाई निरुत्साहित गरि समाजलाई सकारात्मक साेचका साथ अगाडि बढाउनु अहिलेकाे आवश्यकता रहेकाे बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय