हिक्मत बहादुर नेपाली
अछाम माघ ३ ।
देउडा संस्कृति प्रतिष्ठान अछाम शाखाको प्रथम सम्मेलन माघ ५ गते अछामको कमलबजारमा हुने भएको छ । प्रतिष्ठानको बैठकले अछाम स्थित देउडा संस्कृति प्रतिष्ठानका पदाधिकारी, साधारणसदस्य र आम देउडा संस्कृति प्रेमी सुबेच्छुकहरुको उपस्थितिमा वृहत् सम्मेलन गर्न लागेको प्रतिष्ठान अछाम शाखाका अध्यक्ष अमना रोकायाले बताउनुभयो । सो सम्मेलनमा विभिन्न साँस्कृतिक प्रस्तुति रहने र जिल्ला भरका देउडा प्रेमी कलाकारको उपस्थिति रहने भएकोले सम्पूर्ण आम नागरिकको उपस्थितिका लागि समेत उहाँले अनुरोध गर्नु भएको छ । देउडा संस्कृति मञ्च कमलबजारको समन्वयमा प्रतिष्ठानको सम्मेलन कमलबजारमा हुन लागेको मञ्चका अध्यक्ष पदम बहादुर चलाउनेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय