
प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलको निधन प्रति दुःख व्यक्त गरेका छन् । उनले रावलको निधनले एमालेले निष्ठावान्, सादगी र इमान्दार नेता र कैलालीका जनताले विकासप्रेमी जनप्रतिनिधि लाई गुमाएका परेको बताएका छन्।
बुधबार शोक वक्तत्व जारी गर्दै उनले निधनप्रति दुःख व्यक्त गर्दै रावलको निधनले मर्माहत परिवार, आफन्तजन र कैलालीका पार्टी कार्यकर्ता प्रति गहिरो समवेदना व्यक्त गरे । “ एमाले नेता, सामाजिक परिवर्तनका अभियन्ता तथा लोकप्रिय जनप्रतिनिधिको रावलले पुरयाउनु भएको योगदान कैलालीका जनताको मानस्पटलमा स्मरणीय छ”, प्रधानमन्त्री द्वारा जारी शोक वक्तव्य मा भनिएको छ ।