हिक्मत बहादुर नेपाली
अछाम चैत ४ ।
गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत दुना टपरी बनाउने सम्बन्धि ७ दिने सीप विकास तालिम बयालामा सम्पन्न भएको छ । कमलबजार नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा भएको तालिममा पालिकाको वडा नं ३ बयालाका ९ जना युवायुवती सहभागी भएका थिए । फाल्गुन २८ गते देखि सञ्चालन भएको तालिममा आज एक कार्यक्रमका विच सम्पन्न भएको हो । तालिममा प्रशिक्षक भावना मगरले पात संकलन पश्चात् दुना टपरी कसरी निर्माण गर्ने र उत्पादन पश्चात् बजारीकरण कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षण गराउनु भएको थियोे । कमलबजार नगरपालिका वडा नं ३ का वडा अध्यक्ष नन्द सिंह कुँवरको अध्यक्षता भएको समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले युवा लाई दुना टपरी उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । बजारीकरणको जिम्मा पालिकाले लिने बताउनुभयो । यस्तै कार्यक्रममा बिशिस्ट अतिथि नगर उपप्रमुख शारदा कुमारी बिष्टले स्वरोजगारका लागि उद्यमशिलतामा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रमकाे सचालन वडा सचिव विरेन्द्र भण्डारीले गर्नु भएकाे थियाे ।








