
निर्मल राजा
२०८३ श्रावण २६
जीवन बिकास लघुबित्त बित्तीय संस्था लि र युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि बिच परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।आईतबार बाँकेकाे काेहलपुरमा जीवन बिकास लघुबित्त बित्तीय संस्था लि ले युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि मा कार्यरत कर्मचारी बिच अभिमुखीकरण कार्यक्रम गरेकाे हाे ।उक्त कार्यक्रममा दुवै संस्थाले आ आफना अनुभवहरु आदान प्रदान संगै जीवन बिकासकाे नीति तथा कार्यक्रम बारे छलफल गरेका हुन कार्यक्रममा जीवन बिकास लघुबित्त बित्तीय संस्था लि का असल अभ्यास तथा नबिनतम कार्यहरु बारे समेत जानकारी गरिएकाे थियाे

कार्यक्रममा एकीकृत कारोबारपछि संस्थाको कार्यक्षेत्र कर्णाली प्रदेश बाहेक देशभर विस्तार हुनेछ । ६ वटा प्रदेशमा गरी संस्थाको शाखा संख्या २३३ पुग्ने छ भनी जानकारी गरिएकाे थियाे ।
जीवन विकासले हाल ३१ जिल्लामा लघुवित्त सेवा प्रवाह गरिरहेको छ त्यस्तै युनिक नेपालले ६ जिल्ला र मानुषीले १४ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
मर्चर सम्बन्धित सम्पूर्ण प्रक्रिया पूरा गरी २०८३ साल असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने भनेता पनि राष्ट्र बैंकले एकीकृत काराेबारकाे अन्तिम स्वीकृत पत्र नदिएकाे र पत्र प्राप्त हुने बित्तिकै एकीकृत काराेबार सुरु हुने जीवन बिकास लघुबित्त बित्तीय संस्था लि का प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए ।
माेरङकाे कटहरी स्थित संस्थाकाे केन्द्रीय कार्यालय रहेकाे जीवन विकास लघुबित्त बित्तीय संस्था लि त्यसैगरि बाँकेको काेहलपुर स्थित संस्थाको केन्द्रीय कार्यालय रहेकाे युनिक नेपाल र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्था लि ले २०८२ चैत्र २८ गते मर्जरमा जाने सम्झाैता गरेकाे थियाे ।
यो सम्झौता लघुवित्त क्षेत्रमा भएको हालसम्मकै ठूलो सम्झौता हो ।तीन वटै लघुबित्तकाे विशेष साधारणसभाले संस्थाको नाम जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मै रहने निर्णय गरिसकेकाे छ ।मर्जरपछि युनिक नेपाल र मानुषी लघुवित्तको हालको केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयको रूपमा रूपान्तरण गर्ने छ भने मर्जरपछि संस्थाको नेतृत्व जीवन विकास लघुवित्त बित्तीय संस्था लिका वर्तमान प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले गर्ने छन् ।

कार्यक्रममा युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि का सञ्चालक समिति सदस्य पुरन प्रसाद चाैधरी त्यसै गरि सञ्चालकहरु सन्तराम धरकुटुवा थारु,बालिका चाैधरी, जीवन बिकास लघुबित्त बित्तीय संस्था लि का प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डल त्यसै गरि डेपुटी सिईयाे दामाेदर रेग्मी , मानव संसाधन तथा ब्यवस्थापन बिभाग प्रमुख सुदिप कुमार मण्डल ,आईटि बिभाग प्रमुख रमेश राय त्यसै गरि तालिम बिभाग प्रमुख रन्जना न्याैपाने बरिष्ठ अधिकृत निमकलाल काैसल राजबंशी युनिक नेपालका केन्द्रीय कार्यालयमा कार्यरत बिभागीय प्रमुख , सहायक तथा शाखा प्रबन्धक लगायतकाे सहभागीता रहेकाे थियाे भने युनिक नेपाल का कायम मुकायम कार्यकारी प्रमुख हिरा बहादुर आलेलेकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।





