टेक राज भण्डारी, साउन १७, अछाम
मंगलसेन नगरपालिका वडा नम्बर ६ स्थित गंगा मा.वि. मा जनचेतनामूलक डेउडागीत कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसा र बाल विवाह न्यूनीकरण सम्बन्धी डेउडागीत प्रस्तुत गरिएको हाे । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA), युएनएफपीए तथा गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग र सहकार्यमा WAC नेपालद्वारा सञ्चालित किशोरी तथा युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण (सेफ गर्लस) परियोजना अन्तर्गत कार्यक्रम गरिएको हाे । समुदाय स्तरमा बाल विवाह अन्त्य र लैंगिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको हाे ।
वडा नम्बर ६ का महिला, अभिभावक, रुपान्तरण कक्षामा सहभागी किशोरी, विद्यार्थी, शिक्षक, महिला स्वयंसेविका लगायतको सहभागिता डेउडाखेल खेलिएकाे वाक नेपाल रुपान्तरण कक्षाका शिक्षक जानकी भण्डारीले बताउनुभयो ।
डेउडा खेलमा लैंगिक हिंसा न्यूनीकरणमा अभिभावक तथा समुदायको भूमिका, किशोरकिशोरीलाई गर्नुपर्ने व्यवहार, याे अवस्थामा ध्यान दिनुपर्ने कुराहरुलगायतका विषयमा गीत प्रस्तुत गरिएको थियाे ।
साे अवसरमा गंगा मा.वि. का विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चन्द्रप्रसाद भण्डारी, वृहत्तर याैनिकता शिक्षा फाेकल शिक्षक टेक राज भण्डारी, शिक्षक टेकराज भण्डारी, अभिभावक आमा समुहका पदाधिकारी लगायतको सहभागीता रहेकाे थियाे ।





