टेक राज भण्डारी, साउन १४, अछाम

अछामको मंगलसेन नगरपालिकाले स्थानीय पाठ्यपुस्तक परिमार्जन तथा लेखनका लागि तयारी अघि बढाएकाे छ ।
पाठ्यक्रम विकास केन्द्रले एक सय पुर्णाङ्ककाे स्थानीय पाठ्यक्रम निर्माण गरि पाठ्यपुस्तक तयार गर्नुपर्ने प्रावधान अनुसार कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरि प्रयाेग गरिरहेकाे छ ।
मंगलसेन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकाे आयाेजनामा कक्षा १-४ काे पाठ्यपुस्तक परिमार्जन तथा कक्षा ५-८ काे पाठ्यपुस्तक लेखनकाे कार्य प्रारम्भ गरेकाे हाे ।
शिक्षा अधिकृत दिपक बहादुर भण्डारीकाे संयाेजकत्वमा पाठ्यक्रम परिमार्जन तथा पाठ्यपुस्तक लेखन मस्यौदा कार्यसमितिको बैठक बसी कार्ययाेजना निर्माण गरेकाे छ । मस्यौदा कार्यसमितिकाे गठन गरि कक्षा १-४ काे पाठ्यपुस्तक परिमार्जन गर्ने तथा कक्षा ५-८ काे पाठ्यपुस्तक लेखन गर्ने निर्णय गरिएको छ । नगरपालिकाले हाल कक्षा १-४ काे पाठ्यपुस्तक “हाम्राे मंगलसेन” तयारी गरि विद्यालयमा पठनपाठन थालिएकाे छ ।

स्थानीय विषयवस्तु, स्थानीय स्राेत साधन, स्थानीय व्यक्तित्व लगायतका विषयमा स्थानीय पाठ्यक्रम तयार गरि पठनपाठन भैरहेकाे छ । मंगलसेन नगरपालिकाले कक्षा १-४ काे “हाम्राे मंगलसेन” पाठ्यपुस्तक तयार गरि पठनपाठन गरेपछि विद्यार्थी तथा शिक्षकहरुलाई सजिलाे भएको छ । अब थप पाठ्यपुस्तक लेखन गरि विद्यार्थीको हातमा पुर्याउने लक्ष्य रहेकाे शिक्षा अधिकृत भण्डारीले बताउनुभयो ।

कक्षा ५ काे पाठ्यपुस्तक मस्यौदा तयारीका लागि विषयवस्तुकाे क्षेत्र र क्रम अनुसार विभिन्न विषयविज्ञहरुलाई जिम्मेवारी बाँडफाँड गरिएकाे छ । जतिसक्दो छिटाे यसै शैक्षिक सत्रदेखि कक्षा १ देखि ८ सम्मकाे पाठ्यपुस्तक तयार पार्नेगरी शिक्षा शाखा लागिरहेकाे उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय