हिक्मत बहादुर नेपाली
अछाम, बैशाख ०५ ।
नेपाल जेसिजको आयोजना तथा अछाम जेसिजको आथित्यतामा क्षेत्र घ अध्यक्ष सम्मेलन अछामको पर्यटकीय क्षेत्र रामारोशनमा आज सम्पन्न भएको छ । अछाम शाखाका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष रुप बहादुर बिष्टको अध्यक्षता सम्पन्न भएको सम्मेलनका प्रमुख अतिथि रामारोशन गाउपालिका अध्यक्ष मान बहादुर साउद रहनु भएको थियोे ।
प्रमुख अतिथिको आशन बाट बोल्दै अध्यक्ष साउदले पर्यटन प्रबर्द्धनका लागि जेसिजले पर्यटकीय क्षेत्र रामारोशनमा महत्त्वपूर्ण कार्यक्रम सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्दै पालिका संस्थाले गरेको कार्यक्रममा सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमका बिशिस्ट अतिथि नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष नवराज उपाध्यायले अछाम जेसिजले राष्ट्रिय स्तरको कार्यक्रम सम्पन्न गरेकोमा धन्यवाद व्यक्त गर्दै अन्य शाखाले धेरै प्रेरणा लिनुपर्ने बताउनुभयो ।
आजको कार्यक्रममा बोल्दै सम्मेलनका संयोजक तुलाराम बिसीले नेपाल जेसिजको क्षेत्र घ अध्यक्ष सम्मेलन सफल पार्न सहयोग गर्ने सबै संघ संस्था तथा व्यक्ति लाई धन्यवाद व्यक्त गर्नु भयो ।
अछाम जेसिज बर्ष २०२६ का अध्यक्ष झनक अधिकारीले सम्मेलनमा सहभागी भएर भव्य रुपमा सफल बनाउन सहयोग गर्ने क्षेत्र घ का सम्पुर्ण शाखा अध्यक्ष लाई धन्यवाद व्यक्त गर्नुभयो । क्षेत्र घ भित्रका ५८ शाखा मध्ये आजको सम्मेलन मा ५१ शाखाको उपस्थिती रहेको थियो ।
सहभागी हुने शाखा अध्यक्षले रामारोशनमा कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै पर्यटन प्रबर्द्धन गर्न कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रम सञ्चालन अछाम जेसिज बर्ष २०२३ का अध्यक्ष टेक बहादुर थापाले गर्नु भएको थियोे ।




