अछाम जेठ ०५ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले वडा तहमा संगठन विस्तार कार्यलाई तिब्रता दिएको छ । यसै विच आज कमलबजार नगरपालिका वडा नं ८ ढाँकुमा अम्मर बहादुर बिष्टको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति चयन भएको छ । आज बसेको भेलाले अम्मर बहादुर बिष्ट सभापतीमा चयन हुनु भएको छ । यस्तै उपाध्यक्षमा कमल बहादुर कामी, सचिवमा खेम बहादुर बिष्ट चयन भएका छन । सदस्यमा मनिषा ढकाल बजगाई, कौशी बिष्ट, कृष्णा नेपाली, मोति बिष्ट, नरेश बिष्ट, लक्ष्मी ढकाल, जमान सिंह बिष्ट सर्वसम्मत चयन भएका सचिव खेम बहादुर बिष्टले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन । भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) अछाम क्षेत्र नं २ निर्वाचन क्षेत्र समिती ईन्जिनियर जिवन तिमिल्सैनाको विशेष उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय