हिक्मत बहादुर नेपाली
अछाम जेठ २२ ।
अछाममा विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय अछामको सहयोग तथा अछाम जेसिजको आयोजनामा वृक्षारोपण गरिएको हो । मंगलसैन नगरपालिका वडा नं ३ मा भएको वृक्षारोपण कार्यक्रमका विभिन्न प्रजातिका २०० भन्दा बढी विरुवाको वृक्षारोपण गरिएको अछाम जेसिजका अध्यक्ष झनक अधिकारीले बताउनु भयो । प्रत्येक बर्ष जुन ०५ मा मनाइने विश्व वातावरण दिवसको यस बर्षको नारा हाम्रो भविष्य हाम्रो जलबायु सवै प्रकृति बाट प्रेरित रहेको छ । यहि नारालाई सार्थकता तुल्याउन आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालय अछामका प्रमुख बरिष्ठ डिभिजन वन अधिकृत केशव पराजुली, बरिष्ठ डिभिजन वन अधिकृत गणेश सिंह ठगुन्ना, डिभिजन वन अधिकृत विमल चन्द अछाम जेसिजका पुर्व अध्यक्ष नमराज न्यौपाने, तुलाराम विसी लगायत विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी अछाम जेसिजका पुर्व तथा वर्तमान कार्यसमितीका पदाधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिती रहेको थियो ।





