हिक्मत बहादुर नेपाली
अछाम जेठ २५ ।
राष्ट्रिय स्वतन्त्र पार्टी अछामको प्रथम जिल्ला अधिवेशन सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशन बाट सभापतिमा ओम प्रकाश रावल चयन हुनु भएको छ । यस्तै उपसभापतिमा टंक बहादुर धामी, सचीवमा बम बहादुर रावल, सह सचिबमा लक्ष्मण कुवर चयन हुनु भएको छ । जिल्ला कार्य समितिको सदस्यमाःप्रेम बहादुर बयक,इन्द्र सिंह बिक, एलिना शाह, कमला शाही, ज्ञान कुमारी बयक चयन हुनु भएको छ । अधिवेशन बाट
अछाम निर्बाचन क्षेत्र न .–१ को क्षेत्रिय सभापती भरत बटला र अछाम निर्बाचन क्षेत्र न.–२ को क्षेत्रिय सभापतीमा जिवन तिमिल्सैना सर्वसम्मत चयन हुनु भएको छ । हिजो आईतबार जिल्ला सदरमुकाम मंगलसैनको दरबार प्राङगणमा उद्धघाटन भएको प्रथम जिल्ला अधिवेशनको बन्द सत्र बाट नयाँ नेतृत्व चयन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय