हिक्मत नेपाली
कमलबजार, चैत्र २७
अछामको कमलबजार नगरपालिका वडा नं ७ सेरामा शुक्रबार नगर स्तरीय दलित सञ्जालको वडा कमिटी गठन गरिएको छ । वयोवृद्ध समाजसेवी बुदे ढोलीको अध्यक्षतामा बसेको भेलाले ११ सदस्यीय वडा कमिटी गठन गरेको नगर स्तरीय दलित सञ्जालका सचिव मिलन नेपालीले जानकारी दिए । नगर स्तरीय दलित सञ्जालको वडा नं ७ कमिटीको अध्यक्षमा गोबिन्द बहादुर सुनार, उपाध्यक्षमा नरी ढोली ,सचिवमा बालाराम सुनार र कोषाध्यक्षमा गौरी उखेडा चयन भएका छन । सो भेलामा कमलबजार नगरपालिका नगर स्तरीय दलित सञ्जालका अध्यक्ष लोकेन्द्र नेपाली , उपाध्यक्ष रण बहादुर टमट्टा ,सचिव मिलन नेपाली ,सहसचिव हरिओम नेपाली र सदस्य प्रकाश बिकको उपस्थिति रहेको थियोे । । यस अघि, बर्षौ देखि पछाडि पारिएको दलित समुदायको हक अधिकार सुनिश्चित गर्न र शसक्तिकरण गर्नका लागि पहल गर्ने उद्वेश्यले गठन भएको नगर स्तरीय दलित सञ्जालको बैठकले कमलबजार नगरपालिकाका १० वटैै  वडामा संगठन बिस्तार गर्ने निर्णय गरे  बमोजिम १० वटै वडामा बिस्तार गरिने र यो संस्थालाई दलितको साझा संस्था बनाउने संजालका अध्यक्ष लोकेन्द्र नेपालीको भनाइ रहेको छ । नगर स्तरीय दलित सञ्जालको २ नं वडा कमिटी गठन २९ गते बजुडामा गरिने भएकोले त्यहाका सम्पुर्ण दलित समुदायको उपस्थितिको लागि अपिल सञ्जालले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय