धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा लाई मातृ शोक परेको छ।उनकी आमा धौली देवी बोहराको मंगलबार राति निधन भएको बोहराका स्वकीय सचिव आदर्श साउदले बताए।
नेकपा एमालेका केन्द्रिय सदस्य, अछाम जिल्ला इन्चार्ज बोहराकी ७८ वर्षीय आमा सेती प्रादेशिक अस्पतालमा उपचाररत थिइन्। निमोनिया बाट ग्रसीत उनको मंगलबार देखि अस्पतालको आइसियू मा राखेर उपचार भइरहेको थियो।
उनीमा कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ।