बाँकेमा वैशाख १९ दिनमा मात्र पाँच हजार ३९३ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ४१ महिला र ५६ पुरुष गरी ९७ जना संक्रमितको मृत्यु भएको छ। जसमा बाँके जिल्लाका मात्र ६९ संक्रमित रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेले जनाएको छ।

संक्रमितमध्ये  एक हजार ६२४ जना संक्रमणमुक्त भएका छन्। तीमध्ये  ७२३ महिला र ९०१ पुरुष रहेका छन्।

बाँकेमा हाल तीन हजार ८९६ सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्या दिनप्रति दिन तिव्र रुपमा बढिरहेको छ। बाँके जिल्ला प्रशासनले एक हप्ताको निषेधाज्ञाले संक्रमितको संख्या नघटेको भन्दै  एक हप्तालाई निषेधाज्ञा बढाएको छ। वैशाख १३ गते २० गतेसम्म जारी गरिएको निषेधाज्ञा वैशाख २७ गतेसम्म  लम्बाइएको छ।

बाँके १ गतेदेखि १९ गतेसम्म बाँकेमा संक्रमितको संख्या, डिस्चार्ज, मृत्यु र सक्रिय विवरण यस यस्तो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय