कमलबजार बैशाष २७ प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार पि.सि.आर प्रयोगशालामा गरिएको परिक्षणमा अछामका थप ७४ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमण देखिने मा १७ महिला र ५७ पुरुष रहेका छन ।

प्राथमिक स्वास्थ्य केन्द कमलबजार  पि.सि.आर प्रयोगशालाका केन्द्रका सुचना अधिकारी टेक बहादुर बिष्ट का अनुसार साफेबगर नगरपालिकाका ५ महिला ८ पुरुष तुर्माखाद गाँउपालिकाका ५ महिला ९ पुरुष कमलबजार नगरपालिकाका ७ महिला ४० पुरुष गरि जम्मा  ७४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय अछाममा कोरोना संक्रमण तथा मृत्युदर दिनहुँ उकालो लाग्न थालेको छ ।

भारत लगायका अन्य स्थान बाट गाउँ फर्किनेको सङ्ख्या बढ्नु र स्थानिय तहले क्वारेन्टाइन लगायत अन्य पुर्बाधारको ब्यावस्थापन नगर्दा गाउँ – गाउँमा कोरोना फैलिएको छ । कोरोनाको संक्रमण दर उच्च रहेको र पालिकाको समुदाय स्तरमा समेत संक्रमण पुष्टि भएकाले स्वास्थ सुरक्षाका मापदण्ड पालना गरी सुरक्षित रुपमा घरमै बस्न समेत स्वास्थ्थ शाखा ले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय