युवराज बिष्ट

नेपाल विद्यार्थी संघ अछाम को नेतृत्व गर्दै केन्द्रिय उपाध्यक्ष सम्म पदिय मर्यादा लाई उच्च राखी नेपाल को लोकतान्त्रिक आन्दोलन मा अतुलनीय योगदान पुर्याय का युवा नेता जहाँ संघर्ष को अर्को नाम हो गणेश विष्ट । विकट जिल्ला अछाम का एक विद्यार्थी नेता जसको गर्जन ले काठमाडौ को गल्ली गल्ली चोक चोक थर्किन्थ्या । माओवादी को आन्दोलन मा गाउँ गाउँ पसेर काङ्ग्रेस का नेता कार्यकर्ता हरु लाई बलियो भयर बस्न जोश जागर एवम उत्साह थप्ने नेता विष्ट माओवादी को नजर मा परेका थिए भने विष्ट माथी पटक पटक शारीरिक हमला को प्रयास भैरहनथ्यो । तर एक्दमै जोशिला साहासी तथा निडर नेता विष्ट र नेविसंघ झण्डा माथी भृकुटीमन्डप मा माओवादीका २०० जना वाईसीएल कार्यकर्ताहरु ले आक्रमण गर्दैगर्दा तिनै २०० जना वाईसीएल कार्यकर्ताहरु संग एक्लै भिडदा, गम्भिर घाइते भएर लामो समय टिचिङ अस्पतालमा उपचार गरेर मुस्किल ले बाचेका थिय नेता विष्ट ।
त्रिभुवन विश्वविद्यालयमा याक्सन कमिटिको इन्चार्ज रहदा सयौं पटक भएका आन्दोलन मा २५ पटक हिरासत मा थुनिएका का विष्ट मा अझै पनि उस्तै शाहास जोश जागर उर्जा र पार्टी मा उस्तै उत्साह जनक सहभागिता देखिन्छ । र केन्द्रिय उपाध्यक्ष जस्तो गरिमामय पद समाल्दै विद्यार्थी का आवाज हरु लाई बुलन्द बनाउदै क्रान्ति गर्ने एक सफल योद्धा हुन विष्ट । शैक्षिक हिसाब ले पनि अछाम का थुप्रै नेतृत्व हरु मध्य अग्रपंक्तिमा उहाकै नाम आउँछ । उहाँ ले त्रिभुवन विश्वविद्यालय बाट साहित्य,अंग्रजी र (गा्रमीण विकास) बाट स्नाकोत्तर गरेका छन । अछाम का थुप्रै युवा नेता कार्यकर्ता हरु को नजर मा विष्ट अत्यन्तै लोकप्रिय हुनुहुन्छ । अछामी जनता ले माननीय मन्त्री को आशा गरेका विकास प्रेमी नेता हुन विष्ट । तर पार्टी ले पटक पटक असक्षम नेतृत्व पठाइ एक योग्य अनि सफल संघठनकर्ता विष्ट लाई पार्टी ले पटक पटक धोका दिदा अछामी जनता खुसी छैनन र केन्द्रिय नेतृत्व प्रती अछामी जनता असन्तुष्ट छन । तर विष्ट को राजनैतिक सामाजिक एवम लोकतान्त्रिक आन्दोलन लाई संस्थागत गर्दै गर्दा पुर्याउनु भए को महत्वपूर्ण योगदान नव पुस्ता का सम्पुर्ण काङ्ग्रेसि समर्थक विद्यार्थी नेता हरु लाई निकै उर्जा थप्दछ । अझै पनि उहाँ मा क्रान्तिकारी स्वभाव निकै झल्किन्छ । अछाम मा पटक पटक सम्पन्न महाधिवेशन मा सबैभन्दा बढी मत ल्याउने नेता विष्ट अछाम काङ्ग्रेस बाट विचलित नेता कार्यकर्ता लाई संघठित गरि पार्टी लाई मजबुत बनाउने धेय बोकेर १३औं माहाधिवेशन मा जिल्ला सभापति मा उम्मेद्बारी दिएका थिए ।
उहाँ अछाम का दुरदराज का दलित जनजाति यवम अति विपन्न बर्ग मात्रै नभै सम्पुर्ण युवा साथीहरू को सारथी का रुपमा उहाँ लाई लिइन्छ । अहिले मात्रै नभै विद्यार्थी राजनीति गर्दा देखि नै अछाम बाट काठमाडौ अध्ययन गर्न गय का विद्यार्थी हरु लाई सहयोग गर्थे र अझै पनि काठमाडौ मा बस्ने सबै विद्यार्थी एवम अछाम वाट उपचार गर्न गएका विरामी जनता हरु लाई अस्पताल मै पुगेर सहयोग गर्नुहुन्छ। अछाम का सम्पुर्ण नेताहरू मध्य कार्यकर्ता लाई खुसी पार्न सक्ने खुवी भय का विष्ट अब अछाम मा सम्पुर्ण भातृ शुभेच्छुक संस्था हरु को अधिवेशन सप्पन्न गर्न तिर साथीहरू लाई सघाउने,अछाम का विभिन्न दुरदराज का बस्ती हरु मा लुकेर बसे का काङ्ग्रेस प्रती अस्था राख्ने बौद्धिक यवम क्रान्तिकारी साथीहरु को पहिचान यवम संघठित गरि पार्टी भित्र महत्वोपुर्ण स्थान दिने, साथै अछाम मा निर्माणधिन यवम निर्णय मा सिमित रहेका सम्पुर्ण पार्टी कार्यलय हरु स्थापना गरि पार्टी लाई विपि,गणेशमान, किसुन जि, शुबर्ण हरु को इतिहासिक पार्टी बनाउने, राष्ट्रिय संकट को घडीमा जनता रोग र भोक को सिकार हुँदै गर्दा अब नेपाली काङ्ग्रेस अछाम लाई संकट मोचन मा जोड दिने र आफू पनि यी कुरा हरु मा प्रतिबद्ध रहने जनाएका छन। हाल विष्ट महासमिति सदस्य, संगठन विभाग का केन्द्रिय सदस्य हुनुहुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय