
हिक्मत नेपाली
कमलबजार, साउन २०
अछामको कमलबजार नगरपालिका वडा नं ७ सेरामा स्थाई ठेगाना भएका जनक प्रसाद अधिकारी आज भन्दा करिब १८ वर्ष अघि रोजगारीको शिलसिलामा भारतमा गएका थिए । भारतमा झन्डै १८ बर्ष बिताएका जनक प्रसाद अधिकारी लाई लाग्यो अव आफ्नै देशमा केही गरौं र केही समाजमा उदाहरणीय काम गरेर देखाउ । त्यो सोच पलाएको केही दिनमानै आफ्नै मातृभुमी नेपालमा फर्किए । यहाँको सोच बिचार गर्दा खेरि अछामको कुनै पनि भेगमा बिशेश लाेकल कुखुराको व्यवसायिक रुपले पालन नगरेको देखिएमा उक्त व्यबसाय हामीले गर्नु पर्छ भन्ने सोच राखेर व्यवसायीक लोकल कुखुरा फर्म सञ्चालन गर्नु उपयुक्त ठानेपछि सुदूरपश्चिम एग्रिकल्चर एण्ड लाइभ स्टक नामक फर्म श्रीमती किष्णा देवी अधिकारीको नाममा दर्ता गरेर थालनी भयो अधिकारीको उद्यमशिलताको यात्रा ।
लगानीको जोहो गर्ने क्रममा आफु संग भएको ८ लाखले लोकल कुखुरा फर्म सञ्चालनमा ल्याउन कठिनाई भएपछि आफ्नो योजनालाई साथ दिन कमलबजार नगरपालिका लाई आग्रह गरे पश्चात नगरपालिकाले १० लाख आर्थिक सहयोग गरे पछी फर्म सञ्चालनमा ल्याउन सफल भएको अधिकारीले हामी संगको कुराकानीमा भने ।
सुदूरपश्चिम एग्रिकल्चर एण्ड लाइभ स्टक सञ्चालनमा आएको तीन बर्ष पुग्यो । यो तीन बर्षको अवधिमा अनेकौ आरोह अवरोह पार गर्नु परेको बताउने अधिकारीले अघिल्लो बर्षमा कुखुरामा लाग्ने खतरनाक रानीखेत रोगको कारणले फर्ममा भएका १६ सय कुखुरा मरेकोले धेरै घाटा व्यहोर्नु परेकोले आफ्नो कठिनाइपुर्ण व्यहोर्नुपरेको भन्नु भयो ।
यदि मनै देखी चाहानेहो भने हाम्रै देशमा थोरै लगानीमा पनी मनग्य मुनाफा लिन सकिने बताउने अधिकारीले यो सफलता प्राप्त गर्नेका लागी निकै मेहनत गरेको देखियो । परिवारको सदस्यको साथ सहयोगले थप हौसला प्रदान गरेको छ उहाँले भन्नुभयो यो व्यवसाय संञ्चालनमा ल्याउन भन्दा पनि यो व्यवसायमा टिकीरहन अर्थात निरन्तरता दिईरहन निकै चुनौतीपुर्ण रहेको छ
नगरपालिकाको अनुदानमा प्राप्त कुखुराको अण्डा बाट चल्ला कोरोल्ले नयाँ प्रविधी ह्याचरी मेसिनलेले हरेक महिना ५ हजार चल्ला उत्पादन हने गरेको छ। अधिकारी संग हाल बिभिन्न प्रजातीका लोकल कुखुरा र टर्की लाैकट गरी पाँच सय हाराहारीका कखुरा छन । अहिले पनि कसैलाई चाहिएमा अर्डर अनुसार उपलब्ध गराउने व्यवस्था रहेको छ ।
कमलबजार लाई लक्षित गरी सञ्चालन गरेको फर्मको बजार भने कमलबजारमा मात्र सिमित छैन । ढकारी ,बिनायक, तुर्माखाद बाट पनि अर्डर आउने गरेको छ उहाँले भन्नुभयो माग अनुसार बजारमा पु¥याउन हम्मे हम्मे छ ।
युवा हरु केहि काम पाईएन भनी यता उती बरालिएको देख्दा दुख लाग्ने गरेको बताउने उनी थोरै लगानी भए पनि आफ्नो देशमा नै केही व्यबसाय थालनी गर्न आग्रह गर्छन । उनले हामी संगको कुराकानीमा अन्य उद्यमी बन्न चाहाने युवाहरु आफ्नो सम्र्पकमा आएमा आफुले विगत तीन वर्ष सम्म बटुलेको व्यवसायीक अनुभव तथा आफुले जाने बुझेको कुरा सिकाउन चाहेको पनी बताए ।
कमलबजार जस्तो पहाडी भेगमा लोकल कुखुरा फर्म व्यवसायीक रुपमा सञ्चालन गर्न त्यती सजि लो भने पक्कै थिएन तर मनमा ईच्छा शक्ति छ भने गरे के हुदैन भन्ने उदाहरणी पात्र हुन अधिकारी । अधिकारीले स्वदेशमै गरेको कर्म बाट मनग्य मुनाफा प्राप्त गर्न सफलत भएका छननै अन्य केही वेरोजगार युवा लाई समेत रोजगारी दिलाउन सफल भएका छन । यो उदाहरणी काम बाट हामीले पनि केही सिक्नेकी ।