
सुवास अधिकारी
साउन २७ कमलबजार अछाम
जिल्लाको कमलबजार नगरपालिका वडा न. १ स्थित मुली बस्ने ५५ वर्ष का गगन सिँह विश्वकर्मा लामो समय देखि प्यारालाइसिस को समस्या बाट ग्रसित रहेका छन् । प्यारालाइसिसका कारण दुबै खुट्टा नचल्ने भएपछि उहाँ निकै पिडामा हुनुहुन्छ । अर्थिक अवस्था निकै कमजोर भएका विश्वकर्माको बस्ने छानो, सन्तान र आफन्त कोही पनि नभएको आर्थीक अभियानमा संलग्न शिशु बोधनी माबीका शिक्षक तर्क बिष्टले जानकारी दिनुु भयो । भखरै सुुुरु गरीएको आर्थीक संकलन अभियान बाट एक हप्तामा करीब १५ हजार बराबरको रकम संकलन भैसकेको अर्का अभियान कर्ता तथा कालीका आधारभुुत बिध्यालयका शिक्षक देवेन्द्र संज्यालले बताउनुु भयो । दैनिक छाक टार्न नसकिरहेको अवस्थामा श्रीमानको उपचारको लागि रमक जुटाउन झन् सकस परेको पिडित की श्रीमतीको दुुखेसो छ । एकातिर श्रिमान जिवन र मरण को दोसाँधमा हुुनुुहुुन्छ, अर्काे तिर निसन्तान छौं, सहारा कोहि छैन उहाँले दुुखेसो गर्नुुभयो । उनको गम्भिर र निकै कारुणिक अवस्था देखेर कमलबजार नगरपालिका १ मुुली बस्ने शिक्षक तर्क विष्ट र देवेन्द्र संज्याल दुवै जना मिलेर उहाँको उपचारको लागि सहयोग रकम संकलनको अभियान सुरु गरेको शिक्षक द्धोय बिष्ट र संज्यालले जानकारी दिनुु भएको छ । प्यारालाईसिस बाट पिडित बिश्वकर्माकी श्रिमतीले सबै संग सहयोगको अपिल गर्दै आफ्नो श्रिमानलाई बचाईदिन समेत आग्रह गर्नुुभएको छ । पिडित बिश्वकर्माको नागरिकता र कुनै सम्पर्क नम्बर समेत नभएका कारण आफ्नो मोबाईल नम्बर ९८६०१५५०६१ र ९८४८४२९६८९ मा सम्पर्क गरि पिडितलाई सहयोग गर्न सकिने आर्थीक अभियान संकलन कर्ताले बताएका छन् । पिडित गगन सिँह विश्वकमार्मा र उनकी श्रीमती अहिले छिमेकीको घरमा बस्दै आइरहेका छन् ।