
हिक्मत नेपाली ,कमलबजार भाद्र १० । अछामको चाैरपाटी गाउँपालिका अन्तर्गतको सडक खण्डमा पहिरो जाँदा यात्रुहरू अलपत्र परेका छन । गए राति चाैखुट्टे नजिकै भिषण पहिरो आउदा अतरिया बाट छुटेका यात्रु र अछाम तथा बाजुरा बाट छुटेका सवारी साधन गन्तव्यमा नपुग्दा यात्रु अलपत्र परेका हुन । पहिरो खुलाउने प्रयास भईरहेको चाैरपाटी गाउँ पालिका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिए । अछाम बाट डडेल्धुरा जाँदै गरेका नम बहादुर शाह आज दिउसो २ बजे पहिलो गएको स्थलमा पुगेको र राति १० बजि सक्दा पनि पहिरो नहटाईएकोले गन्तव्यमा पुग्न नसकिएको बताए । जंगल एरियामा पहिरो गएकाले यात्रुहरुलाई खानका लागि समेत समस्या रहेको एक अछाम बाट धनगढी जाँदै गरेका एक यात्री अनन्त राज जोशीले जानकारी दिए । ठुलाठुला चट्टान खसिरहेको हुदा पहिरो हटाउनमा ठिलाई भएकोले यात्रुहरुलाई निकै समस्या रहेको छ । पानी निरन्तर परिरहेकोले थप समस्या सिर्जना भएको छ । सम्वन्धित निकाएले पहिरो हटाएर यात्रु हरुलाई गन्तव्यमा पुग्न सहयोग गरिदिन सयौं यात्रुले अनुरोध गरेका छन ।