निर्मल रैका धनगढी २०७८ भाद्र १८
नेपाली कांग्रेसका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्माले चाडैं नै उम्मेद्बारी घोषणा गर्ने भएका छन ।
उनले सामाजिक संजाल लेख्दै भनेका छन –
आफूले पहिले नै ‘प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन’ भनेर भन्ने गरेको स्मरण गराउदै
‘उम्मेदवारी घोषणा कहिले? शुभचिन्तक मित्रहरू, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारी छु।
‘उनलेे ‘वडा अधिवेशन’ सुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना दिदै चाँडै नै मैदानमा हुनेछु, भनेका छन । साथै उनलेे शुभेच्छा र साथ सहयोगको गर्न समेत आग्रह गरेका छन ‘प्रधानमन्त्री शेर बहादुर देउवाका बिश्ववास पात्र रहेका शर्मालाई महामन्त्रीको उम्मेदवार हुने धेरैले आकलन समेत गरेका छन्।
तर, देउवा पक्षबाट पदाधिकारीमा धेरै नेताहरुले आकाक्षा देखाएका छन र देउवालाई महामन्त्री कसलाइ बनाउने भन्ने सकश पर्न सक्ने कांग्रेस जनहरु बताउछन ।कांग्रेसको बिधानमा २ जना महामन्त्रीमा निर्वाचित हुने विधानले व्यवस्था गरेको छ।
उनले कांग्रेसको पदाधिकारी तथा महामन्त्रीमा उम्मेद्बारी दिने कांग्रेस बृतमा चर्चा चलेको छ । तर उनि भन्दा पनि पुराना तथा सिनेर नेता पाटीमा भएका कारण उनलाई त्यति सहज भने छैन ।
नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्बारी दिने र प्रतिष्पर्धा गरेर थप जिम्मेवारी वहन गर्न चाहेको घोषणा गरि सकेका छन ।युवा पुस्ताले अभिभारा वहन गर्ने आँट गर्नु पर्छ भन्ने आम कांग्रेसका नेता कार्यकर्ताले भन्दै आएका छन ।
हाल बिश्व प्रकाश शर्मा नेपाली कांग्रेसको केन्द्रिय प्रवक्तामा रहेका छन ।
ADVERTISEMENT