निर्मल रैका २०७८ भाद्र २८ ,

नेपाली काँग्रेस कैलालीका पुराना नेता तथा संविधानसभा सदस्य मान बहादुर महत को निधन भएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर बनबासा बस्दै आउनु भएका महतो को निधन भएको हो ।
महतोको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उनलाई छातीमा समस्या देखिपछि अस्पताल भर्ना गरिएको थियो ।
महतो कैलालीका एक ईमान्दार शालिन , स्वच्छ छबि बनाउनुका साथै पाटीलाई अप्ठ्यारोमा पर्दा तथा कुशल संगठन कर्ताका रूपमा छबि बनाएका नेता भएको बताइन्छ ।
वि.सं.२००७ साल फागुन ७ गते जन्मनु भएका महतोको ७४ बर्षको उमेरमा निधन भएको हो ।
उनी नेपाली कांग्रेसबाट २०६४ सालमा समानुपातिक सांसद समेत भएका थिए ।
साथै उनि तत्कालीन समयमा प्रतापुर गाविस अध्यक्ष समेत भएका थिए ।
उनको निधनमा कैलाली कांग्रेसका नेताहरुले एक अशल अविभावक, नेपाली कांग्रेस कैलालीका खम्बा, लोकतान्त्र , गणतन्त्र ल्याउन महत्त्व पुर्ण भुमिका निर्वाह गरेका जस्ता कुराले उनि प्रती सामाजिक संजाल मार्फत श्रद्धाञ्जली दिई रहेका छन ।

महतोका ३ छोरी , ३ छोरा, र एक श्रीमती छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय