कमलबजार भाद्र २८ । जिल्लाको मुुख्य ब्यापारिक केन्द्र मध्यको एक कमलबजारमा लाग्दै आएका बिभिन्न मेला (जात्रा) यस बर्ष पनि नहुुने भएका छन् । बिश्वमै महामारीको रुपमा देखा परेको कोरोना भाईरस (कोभिड १९) को कारण प्रभावित हुुदै आएका हुुन् । २०७६ को चैत्र तिरबाट सुुरु भएको कोरोनाले प्रायः सबै जसो मेला पर्व हुुन सकेका छैनन् । त्यसैको फलस्वरुप यहाँका स्थानिय चाड–पर्व, मेला लगायत अन्य क्षेत्र पनि नराम्ररी प्रभावित भएका छन् । यही असोज १ गते घाँसे संक्रान्तीको अवसर पारी लाग्दै आएको मेला नहुुने भएको छ ।
यस्तै असोज २० गते औंसीमा लाग्ने मेला पनि नलाग्ने बताइएको छ । कमलबजार नगरपालिकाको कार्यालयले एक सुुचना जारी गर्दै मेलामा धेरै मानिसको जमघट हुुने र कोभिड १९ को जोखिम कायमै रहेको वर्तमान अवस्थामा संक्रमण फैलिने उच्च संम्भावना भएकाले रातीको समयमा मेला (जात्रा) मा भिडभाड नगर्न÷नगराउन आग्रह गरीएको छ । निमित्त प्रमुुख प्रशासकिय अधिकृत खडग् बहादुुर बिष्टको हस्ताक्षरित सुुचनामा उल्लेख भए अनुुसार आम नागरीक लाई भिडभाड हुुन नदिन र आवश्यक सहयोग तथा सहजिकरण गर्न पनि अनुुरोध गरीएको छ ।