कमलबजार भ्राद २८
नेपाली कांग्रेसका युवा नेता मिन बहादुर सुनार ले समावेशि तर्फ जिल्ला कमिटी सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । कमलबजार दैनिक डटकम अनलाईन सँगको कुराकानीमा उहाँले समावेशि तर्फ जिल्ला कमिटी सदस्यमा लागि आफनो उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

सानै देखि ने.बि.संघ ,तरुण दल र दलित संघ को राजनितिक यात्रा सुरु गरेका सुनारले दलित समुदायको प्रतिनिधित्व गर्दै आउनु भएको छ ।
हाल बिध्यालय ब्यवस्थापन समिती अध्यक्ष लगायत सामाजिक क्षेत्रमा सक्रिय मिन बहादुर सुनार उत्पीडित दलित समुदायका मानिसहरुको आवाज उठानको लागि पनि आफुले उम्मेदवारी दिने घोषणा गरेको बताउनु भयो ।
विगतको समयमा दलित समुदायका नागरिकलाई नेतृत्व बहन गर्ने वातावरणको सिर्जना नभएको अवस्थामा दलित समुदायका नागरिक नेतृत्व पाउन बाट वञ्चित भएको कुरा स्मरण गर्दै अब त्यो अवस्था नरहेको पनि बताउनु भयो। पाटीलाई बलियो र दरिलो बनाउनु छ भने गुट उपगुटको अन्ते हुनु पर्ने कुरामा जोड दिनु भयो ।
आफु निर्वाचित भइसके पछि दलित समुदायका नागरिकको हरेक समस्यामा साथ दिने र पाटी संगठनलाई मज्बुद र दरिलो बनाउनु अहोम भुमिका खेल्ने पनि प्रतिबद्धता जनाउनु भयो । साथै उहाँले आफुले समावेशि तर्फ जिल्ला कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरी सकेका ले सम्पुर्ण प्रतिनिधी तथा पाटी कार्यकर्तालाई निर्वाचित गराई दिन अपिल समेत गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय