
कमलबजार, असोज ९ ।नेपालि कांग्रेसको१४ महाअधिबेशन अन्तर्गत कमलबजार नगरपालिकाको नगरअधिबेशन सर्बसम्बत नेतृत्व चयन गर्दै आज (शनिबार ) कमलबजारमा सम्पन्न भएको छ । नगरसभापति सर्प बहादुर बिष्टको सभापतित्वमा भएको अधिबेशनले पदम बहादुर भण्डारी सभापति हुने गरी नया नगरकार्यसमिति सर्बसम्बत रुपमा चयन भएको छ । जसको उपसभापतिमा तक्मान बिष्ट र हर्क बहादुर भण्डारी, सचिबमा निर्प बहादुर बिष्ट र मिन बहादुर बिष्ट चयन हुनु भएको छ । लभराज अधिकारी र सुरेस थापा सह सचिबमा चयन हुनु भएको छ । नगरकार्यसमितिको कोषाध्यक्षमा भोजराज ढकाल लगायत ५७ सदसिय नगरकार्यसमिति चयन भएको मतदान अधिकृत चक्र बहादुर बिष्टले घोषणा गर्नु भएको छ । नेपालि कांगे्रसको १४ महाअधिबेशन अन्र्तगत कमलबजार नगरपालिकाको नगरअधिबेशनको उदघाटन महासमिति सदस्य एबम संगठन बिभागका केन्द्रिय सदस्य गणेश बहादुर बिष्टले गर्नु भएको हो । उदघाटन समारोहमा प्रमुख अथितिको आसन बाट बोल्दै युवा नेता बिष्टले यस नगरमा सर्बसम्बत नेतृत्व चयन गर्न पहल गर्ने सबैलाई धन्यबाद ब्यक्त गर्दै नव निबार्चित नगरकार्यसमितिको सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भयो । नेता बिष्टले नया नेतृत्वले कांगे्रसको संगठन थप मजबुत र सुदृढ बनाउन महत्व पुर्ण भुमिका खेल्नेमा आफु बिस्वस्त रहेको धारण राख्नु भयो । सर्बसम्बत नेतृत्व चयनले यस नगरमा कांगे्र थप बलियो हुनुका साथै अब आउने आम बिनबार्चनमा नगरका १० ओटै वडामा नेपालि कांगे्रसले बिजय हासिल गर्ने दाबि गर्नु भएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य अम्बी कुमारी थापा र,जिल्ला कार्यसमितिका उपसभापति नयाराम बजगाइ बिशिष्ट अथिति रहनु भएको थियो । यस्तै कार्यक्रममा महाअधिबेशन प्रतिनिधि, पदमराज अधिकारी, कमल बिक कृष्ण प्रसाद ढकाल प्रदेश समन्वय बिभागका केन्द्रीय सदस्य यज्ञ प्रसाद ढकाल, जिल्ला कार्यसमिति सदस्य एबम कमलबजार नगरपालिका नगरप्रमुख ओमप्रकास बिष्ट ,उपप्रमुख भुमिशरण ढकाल बजगाई, क्षेत्रिय सचिब रबिन्द्र साहि, पुर्ब क्षेत्रिय सचिब पुष्पराज अधिकारी, प्रदेश सचिब राम कृष्ण ढकाल, कमलबजार नगरपालिका वडा न ६ का वडा अध्यक्ष राम बहादुर साहि .१ का वडा अध्यक्ष तेज बहादुर बिष्ट, ३ का वडा अध्यक्ष जगत बहादुर बिष्ट १० का वडा अध्यक्ष भिम बहादु बिष्ट २ का वडा अध्यक्ष रण बहादुर खडका, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष बिष्णु प्रसाद भण्डारी, नेबिसंघका जिल्ला उपाध्यक्ष खडक बहादुर बिष्ट, र्टेड युनियनका जिल्ला अध्यक्ष चित्र बजगाइ,महिला संघ प्रतिनिधि बसन्ती बिष्ट, दलित संघका पहलमान कामि सांस्कृति संघका जिल्ला अध्यक्ष गोबिन्द बिष्ट, नेकपा एमाले नगरकमिटि अध्यक्ष खेमराज जैसि, नेकपा माऔबादि केन्द्रका रण बहादुर बिष्ट, नेकपा मालेका जिल्ला सचिब दिल बहादुर बिष्ट लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । नगर उपसभापति झंक प्रसाद अधिकारीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन सहसचिब नेत्र बहादुर थापाले गर्नु भएको थियो ।
