
अछामको मंगलसेन नगरपालिका वडा नं ८ वलिगाँउमा जन्मिएका डाक्टर सन्तोश उपाध्याय अन्तराष्ट्रिय स्तरको पुरुष सौन्दर्य प्रतियोगीता सुप्रानेशनल २०२१मा तेश्रो रनरअप बन्न सफल भए । यस अघि मिस्टर नेपाल २०१९ तथा मिस्टर सुप्रास्टार २०२० का बिजेता समेत रहेका उपाध्याय पेशाले डाक्टर हुन । उहाँले थालनी गर्नु भएको प्लान्ट योर्स बुक अभियान मार्फत पुस्तकार्यालय स्थापनाले तिब्रता पाएको छ । समाजसेवामा सक्रिय उपाध्याय नेपाली राजनितीमा प्रबेश गरेसंगै थप तरंग पैदा भएको छ । उहाँसंग कमलबजार मिडिया प्रा लि द्धारा सञ्चालित कमलबजार दैनिक डटकम का सम्पादक हिक्मत नेपालीले गरेको कुराकानीको सम्पादित अंश
कमलबजार मिडिया प्रा लिमा यहाँलाई स्वागत छ ।
धन्यवाद ।
आराम हुनुहुन्छ ?
हजुर, आरामै छु ।
प्रश्न ः तपाई कमलबजार प्राथामिक स्वास्थ केन्द्रमा रहेर यस अघि लामो समय काम गर्नु भो, अहिले बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिएर बिजेता भईरहदा यहाँ सम्मको यात्रा कसरी तय भयो ?
उत्तर ः सर्वप्रथमत मैले एमबिबिएस सकाए पछि आफ्नो स्कलरसिप बोन्डका लागी भनेर कमलबजार प्राथामिक स्वास्थ केन्द्र कमलबजार लाई रोजे । आज जुन ठाँउको समिपैमा रहेर कुरा गर्न पाउदा खुसी पनि लागीराछ । म यहाँ सेवा गर्ने उदेश्यले आएको थिए । कामको सिलसिलमा थुपै काम गरियो । स्वास्थ्य क्षेत्र संग सम्बन्धित काम मात्र नभएर शिक्षा संग सम्बन्धित काम पनि गरियो । यताको काम सकेर म त्यसपछि काठमाण्डौं गए । मलाई जुन आफ्नो समाजमा केहि योगदान दिने ईच्छा थियो । केहिन केहित गरिनै रहेको थिए यस अझै विश्वव्यापि बनाउनु पर्छ भन्ने लागिरहेको थियो र त्यो क्षमता आफु संग छ जस्तो लागेर मैलेयो सौन्दर्य प्रतियोगिता रोजे । तत्कालिन समयमा त्यस्ता प्रतियोगितामा भाग लिएका थुपै अन्य बिभिन्न व्यक्ती हरुसंग पनि भेटे र उहाँले देखाईरहनु भएको सामाजिक संलग्नता देखे । मैले पनि रामै गर्न सक्छु जस्तो लागेर मैले पनि प्रतियोगीतामा भाग लगे र मेहेनेत पनि रामै गरे सबै भन्दा पहिले मैले मिस्टर नेपालमा भाग लिए र त्यो उपाधी जित्न सफल भए त्यस पछि सन २०२० मा मिस्टरसुप्रास्टार भन्ने प्रतियोगिता भाथ्यो । ३७ वटा सहभागी भएको सो प्रतियोगिता पनी मैले जिते । अनि पुरुष सौन्दर्य प्रतियोगिता मध्यको सवै भन्दा ठुलो मिस्टर सुप्रानेशनलमा पनि भागलिने मौका पाए त्यसमा फाईनलमा पुगेको म मात्र हु । यो वर्ष २०२१ मा एसिया भरी बाट नै थर्ड रनरअप बन्दै उपाधि उचाल्ने म बने अझै भन्नौ अछाम जिल्लाले त्यो उपाधि उचाले जस्तो लाग्छ मलाई ।
प्रश्न ः तपाई स्वास्थ्य क्षेत्रमा संगल्न व्यक्ती कसरी ग्यामर फिल्डको सौन्दर्य प्रतियोगितामा पुग्नु भयो ?
उत्तरः सौन्दर्य प्रतियोगीता लाई ग्यामर फिल्ड संग मात्र जोडेर मात्र हेर्नु हुन्न भन्छु, सौन्दर्य प्रतियोगितामा सबैकुरा जोडिएर आउछ जस्तो व्यक्तीको क्षमता प्रतिभा, शिक्षा लगायत सबै क्षेत्र समेटिन्छ । प्रतियोगितामा जादै गर्दा त्यहाँ सबै क्षेत्रमा संलग्न भएका व्यक्तीहरुको उपस्थिती देख्न पाईन्थो । अझ टप फाईभमा पुगेका व्यक्तीहरुत बिभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका व्यक्तीहरु हुनुहुन्थ्यो । मेरो ऐकेडेमिक पृष्ठभुमी स्वास्थ्य क्षेत्र र समाजका सवै क्षेत्र संग चासो राख्ने भएकाले पनि मलाई सजिलो भएको जस्तो लाग्छ । सुरुमा त्यती आर्कषणत थिएन तर पुगेर केही योगदान दिनु पर्छ जस्तो लाग्यो । र मैले स्वास्थ्य क्षेत्रलाई पनि छोडेको छैन सन्तुलन मिलाएरनै लिईरहेको छु । अघिल्लो बर्ष कोभिड महामारीमा पनि मैले थुपै ठाँउमा फन्ट लाईनमै रहेर काम गरे । ईच्छा सक्क्ती भए सकिन्छ । दुईटै पाटोलाई सन्तुलन मिलाएर लिईरहेको छु ।
प्रश्न ः अछाम बाट अन्र्तराष्ट्रिय स्तर सम्मको प्रतियोगिता कसरी तय भयो ।
उत्तर ः विकासका दृष्टिकोणले पछाडि परेको सुदुरपश्चिम, त्यसै माथी झनै बिकट अछाम बाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा स्तरमा कसैले सफलता प्राप्त गरेमा अचम्म मान्ने गरिन्छ । खासमा त्यस्तो अचम्म मानिरहनु पर्छ जस्तो लाग्दैन मलाई किनकी अछामी जनतामा पनि थुप्पै सम्भावना देखेको छु । जस्तोः खेलकुद, नेत्रित्वतह, शिक्षाक्षेत्र लगायतमा, बरु अवसर पाएनौ फेरी अवसर पायनौ भन्दैमा क्षमता नभएको हैन । हामी जहाँ जन्मिए पनि उतिकै सम्भावना लिएर आएका हुन्छौ । हाम्रो समाजको सोचाईले गर्दाखेरी र केही आफ्नै सोचाईका कारणले हामी गर्न सक्दैनौकी लान्ने गर्छ त्यो सोचाई परिवर्तन गर्न जरुरी छ । म अछाम बाट जन्मिएर सकेत तपाईले यूकिपिडियामा हेर्नुभयो भने मेरो नाम संगै अछाम पनि आउछ । नेपालबाट प्रतियोगितामा फाइनलमा पुगेको म मात्र हु आपनो देश चिनाउन सकिदो रहेछत म सबैलाई आग्रह गर्न चाहान्छुकी तपाई जन्मिनु भो भन्ने संग सरोकार नराख्नुहोस मेहेनेत गदै जानुहोस अवश्य सफल भईन्छ ।
प्रश्नः लामो समयदेखी पुस्तकालय स्थापना लगायतका सामाजिक काममा सक्रिय तपाई राजनितिक यात्राका हुमिनुभाछ यस बिषयमा थप जानकारी गराईदिनु होसन ?
उत्तर ः बिषेश गरी अछाम जिल्लाले राष्ट्रिय स्तरमा प्रभाव पार्ने खालको नेत्रित्व पाएन । २० बर्ष अघि अछामको जुन अबस्था थियो त्यति फेरिएको छैन । अछाम जिल्लालाई चिनाउने गरी नेत्रित्व कसैले लिएको देखिएन । यहाँ बाट थप्पै व्यक्ती ठुलो ठुलो ओहोदामा पनि पुगे केहि सिमित व्यक्ती त्यस बाट लाभाम्भित भए । तर जिल्ला जस्ताको त्यस्तै भयो । दुई बर्ष पछि कमलबजारमा आई पुदा यहाँको रोडमा खाल्डाखुल्डी उस्तै छन । राष्ट्रिय आयोजनाका काम पनि फिर्ता हुने काम भयो । यो सबै हुनु भनेको नेतृत्वको कमि हुनु देख्छु । उहाँहरुले गरिरहनु भाछ नगरेको पनि भन्दिन त्याग पनि होला, अहिलेको परिवेशमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा उपयुक्त स्तरमा लिनका लागि नयाँ उर्जाको पनि आवश्यकता छ जसमा अग्रजहरुको निर्देशन पनि होस । त्यो नेतृत्व लिनका लागी अब हामीले ठिला गर्नु हुन्न जस्तो लागेर मैले राजनितिक यात्रा सुरु गरेको हु । मेरो उद्धेश्य भनेको समाजमा सकारात्मक परिवर्तन ल्याउने हो । त्यहि हेतुले मैले श्री जाल्पा देवी मा बि ढाँकुमा पुस्तकालय सुरु गरेको दुई बर्ष भयो । पुस्तकालयमा के के पुस्तकको कमि छ र थप व्यबस्थापनका लागी के के गर्नु पर्ने छ , अवलोकनका लागी जादैछु । यो योजना मैले त्यहा पढ्ने एक जना बहिनीले बिद्यालयमा अध्ययनका लागी पुस्तक नभएको कुरा सुनाए पछि थालनी गरेको हु । सन २०१९ मै हामै वलि गाँउको हाईस्कुलमा पनि सूरु गरेको छु । जहाँ प्राविधिक बिषयको पनि अध्ययन हुन्छ । विद्यालयमा पुस्तकको अभावले अध्ययन गर्न असहज नहोस भन्नेहेतुले छिट्टै अन्य ८ वटा बिद्यालयमा सुरु गरेर १० वटा पु¥याउने सोच छ । अछाम जिल्ला भरी ९३ वटा बिद्यालय छन भन्ने जानकारी आएको छ ति सबै बिद्यालयमा आउदो १ बर्ष भित्रै ति सबै बिद्यालयमा पुस्तकालय स्थापना गर्ने महोत्वकांक्षी लक्ष्य छ ,यसमा सवैको साथको खाँचो छ ।
उहाँसंग गरिएको बिस्तृत कुराकानी तलको लिंकमा गएर हेर्ने सक्नुहुनेछ ।