कमलबजार,असोज १९ । “धर्मो रक्षती रक्षित:” भन्ने भावलाई आत्मसाथ गर्दै सनातन हिन्दु धर्मको रक्षा संकृति संरक्षण संगै परम्परा पुस्तान्तरण गर्ने हेतुले मुली अछाममा आश्रम बाटिका सहितको निर्माणाधीन श्री चालसालो बण्डालि देवताको देवस्थल निर्माण कार्य आर्थिक अभावका कारणले स्थगित भएकाले दान सहयोगको लागी शिक्षक देवेन्द्र सञ्ज्यालले अपिल गरे संगै सहयोग प्राप्त हुन थालेपछि निर्माण कार्य पुन: सुरु भएको छ।
विगत २ वर्ष देखि आर्थिक अभावले निर्माण कार्य रोकिए पछि सामाजिक सेवामा समेत सक्रिय शिक्षक सञ्ज्यालले फेसबुक मार्फत सहयोगको अपिल गरेकोमा हाल सम्म दुई लाख त्रिचालीस हजार चार सय बाईस (२,४३,४२२) संकलन भएको बताईएको छ। दश लाख रुपैयाँ बराबरको सहयोग संकलनको लक्ष्य राखिएको र दिनानु दिन सहयोगी मनकारी दाताहरुको सहयोग प्राप्त भई रहेको जानकारी शिक्षक सञ्ज्यालले जानकारी दिनु भएको छ।
स्मरणीय छ वहाँको पहलमा श्री कालिका आधारभुत विद्यालयको दुई कोठे पक्की भवन पनि निर्माणाधिन रहेको छ भने विभिन्न कठिनाईमा परेकालाई आर्थिक सहयोग संकलन गरि हस्तान्तरण समेत गरिरहनु भएको छ।