
कमलबजार, कार्तिक ८ ।कमलबजार नगरपालिका वडा नं २को आयोजनामा वडा स्तरीय भलिबल प्रतियोगिता आज देखि कमलबजारमा सुरु भएको छ ।आज उद्घाटन भएको प्रतियोगिता का प्रमुख अतिथि कमलबजार नगरपालिका वडा नं २ का वडा अध्यक्ष रण बहादुर खड्का रहनु भएको थियो । त्यस्तै कार्यक्रम मा बिशिस्ट अतिथि नेकपा एकीकृत माओवादी केन्द्र का कमलबजार नगर ईन्चार्ज रण बहादुर बिष्ट रहनु भएको थियोे भने अतिथि कमलबजार नगरपालिका का नि प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट रहनु भएको थियो । यश अघि आ कार्तिक ४ गते देखि सुरु हुने भनिएको खेल बर्षाका कारण ४ दिन ढिला गरि आज देखि सुरु भएको आयोजक टिमका अध्यक्ष तेज बहादुर बिष्टले कमलबजार मिडिया प्रा.लि द्वारा सञ्चालित कमलबजार दैनिक डटकम लाई जानकारी दिनु भयो ।आयोजक टिमका अध्यक्ष तेज बहादुर बिष्टको अध्यक्षतामा भएको आजको कार्यक्रममा स्वागत मन्तव्य बम बहादुर खड्काले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गोविन्द बहादुर बिष्टले गर्नुभएको थियो । उक्त प्रतियोगितामा प्रथम हुनेले चालिस हजार पाउने छ भने द्वितीय हुने टिमले तीस हजार , तृतिय हुनेले बीस हजार तथा सान्तोना हुनेले पाँच हजार नगद तथा ट्रफी प्राप्त गर्न अध्यक्ष बिष्टले जानकारी दिनु भयो । प्रतियोगिता सम्बन्धि थप जानकारी लिनका लागि आयोजक समितिका अध्यक्ष बिष्टको सम्पर्क नं ९८६५९८४२९५ मा सोधपुछ गर्न सकिनेछ ।