
हिक्मत नेपाली कमलबजार, कार्तिक ९ ।
एक पटक परिक्षण उडान समेत भईसकेको कमलबजार बिमान स्थल संचालनका लागि अछाम जिल्लाका सांसद सहितको एक प्रनितिधी टोलीले मन्त्रीलाई निवेदन सहित ध्यानाकर्षण गरेको छ । सिंहदरबार स्थित संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेर अछामका सांसद तथा नेताहरुले बिमान स्थल तत्काल संचालनका लागि बजेट व्यवस्था गर्न आग्रह गरेका हुन् ।
कमलबजार बिमान स्थल निर्माण भएर परिक्षण उडान भईसकेको र आर्थिक बर्ष २०७६७७ तथा ०७७०७८ मा स्तरबृद्धी र धावन मार्ग पिचका लागि बजेट बिनियोजित भएर रेड बुकमा समेत उल्लेख गरी विस्तृत अध्ययन एवंम सर्भे गरिएपनि हाल सम्म काम हुन नसकेको भन्दै तत्काल काम अगाडी बढाउन सहयोग लागि मन्त्री समक्ष आग्रह गरिएको बताएको छ ।अब छिट्टै धावन मार्ग पिच गरेर हवाई सेवा संचालन गर्न आग्रह गरिएकोमा मन्त्री सकरात्मक रहेको र तत्काल काम अगाडी बढाउने आश्वासन प्राप्त भएको कमलबजार नगपालिकाका नगर प्रमुख ओम प्रकाश बिष्टले कमलबजार दैनिक डट कमलाई जानकारी दिनुभयो । मन्त्रीले बिमानस्थल संचालनका लागि यसै आर्थिक बर्ष काम सुरु हुने गरी क्याबिनेट बैठकबाट निर्णय गर्ने आश्वासन दिएका कांग्रेस प्रतिनिधी एवं नेपाली कांग्रेस कमलबजार नगर उपसभापति तक्मान बिष्टले जानकारी दिनुभयो ।उक्त प्रतिनिधी मण्डलमा प्रतिनिधी सभा सदस्य राम बहादुर बिष्ट, राष्टिय सभा सदस्य शेर बहादुर कुवँर, पूर्व सांसद अक्कल बहादुर बिष्ट, कांग्रेस महासमिती सदस्य बल बहादुर कुवँर, कमलबजार नगपालिकाका नगर प्रमुख ओम प्रकाश बिष्ट लगायतका अछामका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।