हिक्मत नेपाली
कमलबजार कार्तिक ११ ।
कमलबजार नगरपालिका वडा ५ कुईका निवासी रेसम तिमिल्सेना कार्तिक २ गते देखि सम्पर्क बिहिन भएको घटना प्रति अबिलम्ब खोजी कार्य अगाडि बढाउन नेपाली कांग्रेस कमलबजार नगरसमितिले अनुरोध गरेको छ । नेपाली कांग्रेस कमलबजार नगर सभापति पदम बहादुर भण्डारी र सचिव निर्मल बिष्ट द्वारा हस्ताक्षरित जारी प्रेस बिज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
तिमिल्सेना नेपाली कांग्रेस को नव निर्वाचित क्षेत्रीय प्रतिनिधि समेत हुन । साथै ३४ बर्षिय रेशम भुवनेश्वर मा बि का बिद्यालय व्यबस्थापन समिति का अध्यक्ष पनि हुन ।
आज जारी प्रेस बिज्ञप्तीमा कार्तिक २ गते गैरिटाँड बाट बेपत्ता भएका तिमिल्सेनाको खोजिकार्यका लागि प्रहरी प्रशासन लाई तथा सम्पुर्ण नेपाली कांग्रेसका नेता तथा र कार्यकर्ता लाई अनुरोध गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय