कमलबजार, कार्तिक १६ ।
नेकपा एमालेकाे दाेश्रो नगर अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज कमलबजारमा सम्पन्न भएको छ। दोश्रो नगर अधिबेशन को बन्द सत्र बाट ९१ सदस्यीय नगर कमिटीको गठन भएको छ जस्को अध्यक्षमा खेम जैशी सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा लोक बहादुर शाही , सचिवमा दर्गा प्रसाद तिमिल्सेना, उपसचिवमा कमल बजगाई र जुना खड्का चयन हुनुभएको सचिव दर्गा प्रसाद तिमिल्सेना ले कमलबजार दैनिक डटकम लाई जानकारी दिनु भयो । हिजो सुरु भएको नगर अधिबेशन आज भएको बन्द सत्र बाट सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै कमलबजारमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य भरत साउद रहनु भएको थियो । त्यस्तै उद्घाटन सत्रमा बिशिस्ट अतिथिमा प्रतिनिधि सभा सदस्य यज्ञ बोगटी , मंगलसेन नगरपालिकाका अध्यक्ष पदम बहादुर बोहरा रहनु भएको थियो । खेम जैशी अध्यक्षता दोहोरीनु भएको छ। नेकपा एमालेको बिधान मा एक कार्यकाल दोहोरिन पाउने व्यवस्था छ ।
ADVERTISEMENT