कमल रावल, कात्तिक २६ अछाम
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै अनेरास्ववियु जिल्ला कमीटी अछामले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । गठनबन्ध सरकारले निरन्तर रुपमा नेपाली जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थमा मुल्य बृद्धि गरेको भन्दै तत्काल फिर्ता गरि पुरानै मुल्य कायम गर्न माग सहीत ज्ञापनपत्र र एक लिटर पेट्रोल बिरोध स्वरुप विद्यार्थि नेताले प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ललाई ज्ञापनपत्र बुझाएका थिए । अनेरास्ववियु अछामका ईञ्चार्ज निरक शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा पेट्रोलमा ३ रुपैया, डिजेलमा ३, मट्टितेलमा ३, इवाई ईन्धनमा ५, एलपि ग्यासमा ७५ रुपैया मुल्य बृद्धि गरेको प्रती संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउदै निरन्तर बढेको मुल्य बृद्धिको समायोजन र कालोबजारीको तत्काल अनुगमन गरी मुल्य बृद्धि फिर्ता लिन माग गरिएका छ । तत्काल फिर्ता नभए संगठनको तर्फबाट हुने चरणबद्ध आन्दोलनबाट हुनसक्ने सम्भावीत क्षतिको जवाफदेही नहुने समेत विज्ञप्तीमा भनिएको अनेरास्ववियुका केन्द्रिय सदस्य देवेन्द्र भण्डारीले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ललाई बुझाईएको ज्ञापनपत्र बुझाउने कार्यक्रममा अनेरास्ववियुमा आबद्ध नेताहरुको उपस्थिती रहेको थियो ।
ADVERTISEMENT


