हिक्मत नेपाली
कमलबजार, मंसिर ८ । २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म अन्तर्राष्ट्रिय स्तरमा मनाईने १६ दिने लैङ्गिक हिंसा विरुद्धको दिवस मनाउने सन्दर्भमा विभिन्न सरोकारवाला विचको पुर्व तयारी बैठक आज कमलबजारमा सम्पन्न भएको छ।
कमलबजार नगरपालिकाको महिला तथा बालबालिका शाखाको समन्वयमा आज भएको पुर्व तयारी बैठकमा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको शाखा प्रमुख डम्बरा ढुङ्गानाले कमलबजार दैनिक डटकम लाई जानकारी दिनु भयो ।
कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट ,ईलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी जवान दिलमाया नेपाली उपस्थित रहेको बैठकमा वाक नेपालका लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण अधिकृत सरिता बिष्ट, सेवक नेपालका पालिका पोषण सहजकर्ता बेद राज उपाध्याय , आस्था नेपालका बाल संरक्षण फोकल पर्सन लवजंग कुँवर , त्यसैगरी न्याय हेल्थ नेपाल सामुदायिक स्वास्थ नर्स सारदा बोहरा लगायतको उपस्थिति रहेको थियोे ।
बैठकले १६ दिने लैङ्गिक हिंसा विरुद्धको दिवस विभिन्न कार्यक्रम गरि भव्यरुपमा मनाउने निर्णय बैठकले गरेको छ । जस अन्तर्गत , उद्घाटन कार्यक्रम तथा दिप प्रज्वलन, रेडियो तथा टेलिभिजन सम्वाद कार्यक्रम, वडा स्तरीय अन्तर्किया तथा सचेतना सम्बन्धि कार्यक्रम प्रसारण , देउडा प्रतियोगिता र समापन कार्यक्रम हुने बताएको छ ।
ADVERTISEMENT