हिक्मत नेपाली
कमलबजार,मंसिर ९ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज एक कार्यक्रम बिच आज कमलबजारमा सुभारम्भ भएको छ । कमलबजार नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रम, कमलबजार नगरपालिकाका उप-प्रमुख भुमिशरण ढकाल बजगाईको अध्यक्षतामा भएको थियोे । कार्यक्रमका प्रमुख अथिती नगरप्रमुख ओमप्रकाश बिष्ट रहनु भएको थियोे । कार्यक्रमको उद्घाटन नगर उपप्रमुख बजगाईले व्यानर बाचन गर्दै कार्यक्रममा उपस्थिति  सबैको हातमा रेतो रिवन बानेर गरिएको महिला बालबालिका शाखा प्रमुख डम्बरा ढुङ्गानाले कमलबजार मिडिया प्रा. ली द्वारा सञ्चालित कमलबजार दैनिक डटकमलाई जानकारी दिनुभयो । कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले अभियानका बिषयमा प्रकाश पार्नुका साथै कार्यक्रमको सञ्चालन गर्नु भएको थियोे । प्रत्येक बर्ष २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म अन्तर्राष्ट्रिय स्तरमा मनाईने १६ दिने लैङ्गिक हिंसा विरुद्धको दिवस विभिन्न कार्यक्रम गरि मनाईने निर्णय बमोजिम कमलबजार नगरपालिकाले जनचेतनामूलक कार्यक्रम,प्रत्येक वडामा अन्तर्किया कार्यक्रम, रेडियो तथा टेलिभिजनमा प्रचारप्रसार तथा देउडा प्रतियोगिता गरि मनाउने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय