
हिक्मत नेपाली
कमलबजार,मंसिर १७ ।
हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तीको अधिकार भन्ने नाराको साथमा ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस कमलबजारमा एक दिने अन्र्तक्रिया कार्यक्रम गरी मनाईएको छ । ३० औं अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तीहरु माझ लैंगिक हिंशा न्युनिकरण सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम कमलबजारमा सम्पन्न भएको भएको हो । कमलबजार नगरपालिकाको महिला तथा बालबालिका शाखाका आयोजनामा भएको कार्यक्रमका नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्ती तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी कमलबजार नगरपालिकाका कार्यबाहाक नगर प्रमुख भिम बहादुर बिष्ट रहनु भएको थियो । अन्र्तक्रिया कार्यक्रममा कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट , ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी राज जोशी, कमलबजार नगरपालिकाका प्रशासन शाखामा कार्यरत सहायक पाचौ पुर्ण प्रसाद बजगाई कमलबजार नगरपालिकाका महिला बालबालिका शाखा प्रमुख डम्मरा ढुङ्गानाले अपाङ्गता भएका व्यक्तीहरु माझ लैंगिक हिंशा न्युनिकरण सम्बन्धि आफ्नो धारणा प्रस्तुत गर्दै सहभागीहरुलाई अपाङ्गताका सवालका बिभिन्न विषयमा जानकारी गराउनु भएको थियो ।