अछाम , माघ ९ । अछामका ३ पालिकाका परिवर्तनका संवाहकहरूलाई लैगिंक असमानताका जड, कारण र बाधा व्यवधान सम्बन्धी २ दिने कार्याशाला गोष्ठि कमलबजारमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय
विकास नियोग युएसएआईडीको आर्थिक सहयोग, मर्सिकोर नेपाल र वाक नेपालको साझेदारीमा संचालित भकारी परियोजना अन्तर्गत कमलवजार, पञ्चदेवल विनायक नगरपालिका र तु्र्माखाँद गाउँपालिकाका सामुदायिक विपद व्यवस्थापन समिति र कृषि समुहका पदाधिकारीकसँग छलफल गरिएको थियो ।
कमलवजार, पञ्चदेवल विनायक नगरपालिका र तु्माखाद गाउँ पालिका का ४० वटा समुदायका जम्मा ४९ जना सामुदायिक विपद व्यवस्थापन समिति र कृषि समुहका विभिन्न पदाधिकारीलाई माघ २ देखि ९ गतेसम्म सञ्चालन भएको र परिवर्तनका संवाहकहरूलाई लैगिंक असमानताका जड कारण र बाधा व्यवधान सम्विन्ध २ दिने कार्यशाला गाेष्ठि आज एक कार्यक्रमका विच सम्पन्न गरिएको हो।उक्त गाेष्ठिकाे उद्घाटन शत्रमा कमलवजार नगरपालिकाका उपप्रमुख भुमिशरण ढकाल बजगाई , तुर्माखाद गापाका अध्यक्ष पुष्प शर्मा , पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटाको संयुक्त अध्यक्ष्ातामा अाैपचारिक कार्यक्रम संचालन गरिएकाे थियाे । उक्त गाेष्ठिकाे सहजिकरण लैससास अधिकृत सरिता विष्ट र परियाेजना संयाेजक भरत विकले गर्नु भएकाे थियाे भने भकारी परियाेजनाका विषयमा संक्षिप्त जानकारी मर्सिकाेर नेपाल अछाम जिल्ला संयाेजक प्रेम विकले प्रस्तुत गर्नु भएकाे थियाे । उक्त गाेष्ठि समाजमा रहेका लैगिंक असमानताका जड कारण पत्ता लगाई साे विषयमा विभिन्न विधिका माध्यमबाट छलफल, बहस,अन्तरक्रिया गरि प्रष्ट पार्ने, घरभित्रका स साना कार्यमा समानता, समता, समावेशीकरण र घरेलु हिंसाको बारेमा जानकारी गर्ने, नेपालकाे संविधानमा उल्लेख भएका ऐन नियमका विषयमा जानकारी गराउने उद्वेश्य रहेकाे थियाे ।।