
तर्क बिष्ट , बर्दिया माघ ११ । बर्दिया जिल्लाको वेरुवा गाँउपालिका वडा नं ५ मा स्थायी ठेगाना भएका लाल बहादुर शाही ट्याक्टर दुर्घटनामा परि दुवै खुट्टा गुमाउनु भएको छ । उहाँ ट्याक्टरमा लोड अनलोड गर्ने लेवरी काम गर्थे ।हाल सोहि ठाउँ जेनतेन गुजारा गरेर बसिरहेको उहाँको परिवारमा तीन जना बच्चा र श्रीमती छिन । उहाँको आयश्रोतको बाटो खुट्टा गुमाए यता रोकिएको छ । उहाँको पारिवारिक आर्थिक अवस्था निकै नाजुक छ । दैनिकी चलाउन समेत धौधौ परिरहेकोले निजको उपचारको लागी आर्थिक सहयोग गर्न चाहनाले जोकोही महानुभावले सहयोगी हातहरु नेपालका सचिब तर्क बिष्टको सम्पर्क नं ९८६०१५५०६१ मा फोन गरेर सहयोग गर्न सक्नु हुनेछ ।