हिक्मत नेपाली
कमलबजार , माघ १३ ।
निर्माणाधीन मष्टावण्डाली स्वास्थ चाैकीको भवन निर्माण कार्य थालनी भएको दस वर्ष वितिसक्दा पनि ठेकेदारको लापरबाहीले हाल सम्म भवन सञ्चालनमा आउन नसक्दा सेवा प्रवाहमा समस्या भएको छ । नवनिर्मित भवन निर्माणको कार्य सम्पन्न भई हस्तान्तरण नहुदा हाल पुरानो ३ कोठे भवन बाटै सेवा प्रवाह भईरहेको र जसका कारण  निकै असहज भएको स्वास्थ्य चाैकीका ईन्चार्ज कमला खड्काले कमलबजार दैनिक डटकम लाई जानकारी दिनुभयो । सरकारको थुप्रै लगानी भएको निर्माणाधीन भवनको संरक्षण नहुदा तथा घेरा प्रखाल समेत नहुदा जिर्ण भएको छ । डोटी जिल्लामा स्थाई ठेगाना भएका ठेकेदार छत्र कठायतले सो भवन निर्माण को ठेक्का लिएको र बारम्बार भवन निर्माण कार्य सम्पन्न गर्घ आग्रह गरेपनि बेवास्ता गरेको स्थानीय शिक्षक काँसिराम बजगाईले बताउनु भयो । भवन निर्माणको अधिकांश काम सम्पन्न भएर पनि सञ्चालनमा नआउदै भवन जिर्ण बनेकोले सम्बन्धित सबैको ध्यानाकर्षणका लागि बजगाँईले आग्रह समेत पनि गर्नुभयो ।
यसैबीच सो स्वास्थ्य चाैकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ९ का वडा अध्यक्ष दुर्गा प्रसाद बजगाईको अध्यक्षतामा बसेको आजको  बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको जानकारी प्राप्त भएको छ । जन्मे देखि पन्ध्र महिना सम्मका शिशु लाई अनिवार्य खोप लगाउन सवैलाई आग्रह गर्ने , कोभिड १९ रोग नियन्त्रणमा ल्याउन सबैलाई खोपको दायरामा ल्याउने र भवन सञ्चालनमा ल्याउन पहल गर्ने लगायतका निर्णय भएको ईन्चार्ज खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय