सुुबाश अधिकारी, कमलबजार, (अछाम)
माघ १६, २०७८ ।।
जिल्ला स्थित कमलबजार नगरपालिका अन्र्तगतका १२ देखि १७ बर्ष उमेर समूूहका लक्षित बालबालिका हरुको लागी दोस्रो चरणको कोरोना भाईरस (कोभिड १९) बिरुद्धको मोर्डना खोप कार्यक्रम संचालन हुुने भएको छ । यहि माघ १७ गते शोमबार देखि २० गते बिहिबार सम्म खोप संचालन गरिने नगरपालिकाको स्वास्थ्य शाखा द्धारा जारी सुुचनामा उल्लेख छ । पहिलो चरणमा खोप लगाएको खोप कार्ड अनिवार्य साथमा लिई आ—आफ्नो बिद्मालय वा नजिकको खोप केन्द्रमा मोर्डना खोपको दोस्रो मात्रा लगाउन सम्बन्धीत लक्षित उमेरका बालबालिका लाई नगरपालिकाले आग्रह गरेको छ । यस खोप कार्यक्रम लाई प्रभाबकारी रुपमा सफल बनाउन नगरपालिका स्थित शिक्षक, बिद्मार्थी, अभिभावक, जनप्रतिनिधी, महिला स्वास्थ्य स्वंयम सेविका, बिकास साझेदार संघ-संस्थाहरु लगायत सरोकारवालाहरुलाई पनि नगरपालिकाको स्वास्थ्य शाखाले अनुुरोध गरेको छ । यस खोप सम्बन्धमा आ-आफ्नो वडामा रहेका स्वास्थ्य स्वंयम सेविका तथा कोभिड १९ सम्पर्क ब्यक्ती टेक बहादुुर बिष्ट लाई सम्पर्क गर्न सकिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय