सुवास अधिकारी / हिक्मत नेपाली ,कमलबजार माघ २८ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा कमलबजारको चौंथो साधारण सभा सम्पन्न भएको छ । उपशाखा कमलबजारका शभापति गोविन्द ढकालको अध्यक्षतामा भएको साधारण सभामा कमलबजार नगर प्रमुख ओम प्रकाश बिष्ट प्रमुख अतिथी रहनु भएको थियोे । साधारण सभा कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टले आगामि दिनमा नगर सँग समन्वय गर्न नेपाल रेडक्रस सोसाइटी अग्रसर हुनु पर्ने बताउनु भयो। रेडक्रस सोसाईटी आफैमा एउटा बिसुद्ध परोपकारी संस्था भएको भन्दै उहाले कमलबजार उपशाखाका लागि भवन निर्माण गर्नु पर्ने कुरामा जोड दिनु भयो । उपशाखा कार्यालयको भवन बनाउनका लागि आफु प्रतिबद्ध रहेको पनि उहाँले भनाई राख्नु भयो। बिशिस्ट अतिथिको आसनमा बोल्दै नगर उप-प्रमुख भुमिसरण ढकाल बजगाईले अहिले नगरपालिकाका विभिन्न ठाँउमा ३ वटा उपशाखा रहेका र यसले गर्दा रेडक्रस सँग समन्वय गर्न थोरै समस्या भएको तर्फ संकेत गर्दै यसलाई एउटै बनाएर गएको खण्डमा रेडक्रसका सेवा थप सहज र प्रभावकारी हुुने बताउनुु भयो । रेडक्रस सोसाइटीले प्रदान गर्ने सेवा-सुविधाका बारेमा पुर्व केन्दिय सदस्य बृकेश सिंह बोगटीले विपद् मा परेका आम नागरिकलाई तत्कालै सेवा प्रवाह गर्ने भएकाले यसमा आवद्ध हुन सबैलाई आग्रह गर्नुभयो। यस्तै बोगटीले रेडक्रसले स्थानिय सरकार सँग समन्वय गर्दै अगाडि बढ्दै जाने हो भने विपदको पिडामा परेका नागिरकलाई सेवा दिन सहज हुने कुरा औल्याँउनु भयो। साथै उहाँले बिश्वका १८२ राष्ट्रमा रेडक्रस लागू भएको पनि जानकारि गराउनु भयो । यस्तै जिल्ला शभापति रत्न प्रसाद ढुंगानाले रेडक्रसका ७ वटा सिद्धान्तमा रहेर काम गर्नुपर्ने भनाई राख्नु भयो । जिल्ला अध्यक्ष ढुंगानाले जिल्लामा विभिन्न समयमा रक्तदानका कार्यक्रम संचालन गरिरहेको भनाई राख्दै भयो । साथै उहाँले कमलबजारमा ब्लड बैंक स्थापनाका लागि आफुले सक्दो पहल गरिरहेको पनि धाराणा राख्नुभयो। साधारण शभा कार्यक्रममा नेकपा एमाले नगर कमिटी अध्यक्ष खेमराज जैशी, नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं २, प्रदेश शभा क शभापती खडक बहादुर बिष्ट लगायतका ब्यक्तिले शुभकामना मन्तब्य राख्नु भएको थियो। यस्तै अन्य अतिथिमा उद्मोग वाणिज्य संघ अछामका सचिब कृष्ण प्रसाद ढकाल, रेडक्रस सोसाइटी अछाम शाखाका मन्त्री धुर्व कुमार शाही, रेडियो कमलबजारका समाचार प्रमूूख सुुबाश अधिकारी, कमलबजार मिडिया प्रा.ली.का अध्यक्ष हिक्मत नेपाली, नेपाल रेडक्रस सोसाईटी उपशाखामा आबद्ध बिभिन्न ब्यक्ती, आजिवन तथा साधारण सदस्यहरु लगायतको उपस्थिती रहेको साधारण शभा कार्यक्रमको स्वागत मन्तब्य उपशाखा कमलबजारका बिष्णुु प्रसाद उपाध्यायले गर्नुुभएको थियो । कार्यक्रमको सचालन भने सचिब लोकेन्द्र कुमार चलाउनेले गर्नुु भएको हो । यसैबिच साधारण सभाको बन्दसत्र मार्फत नयाँ कार्यसमिती चयन गरिने बताईए पनि शभापतिका आकाँक्षी र अन्य पदाधीकारी बिच सहमती नहुँदा नयाँ कार्यसमिती चयन हुुन सकेको छैन् यद्धपी सहमतीको प्रयास भैरहेको तर नभएको खण्डमा चुुनाबी प्रक्रिया मार्फत टुुंगाउने एक सदस्यले जानकारी दिनुुभयो ।
ADVERTISEMENT