कमलबजार , फाल्गुन ४ । विद्यार्थीको सृजनशीलता लाई कोरोना महामारी रोकथाम र नियन्त्रणमा जोड्ने एक सार्थक पहल भन्ने नाराका साथमा सुर्य श्रेष्ठ ग्रुप द्वारा आयोजना भएको Virtual बक्तित्वकलामा पुजा नेपाल प्रथम भएकी छिन । कोभिड 19 ; सामाजिक आर्थिक असर र नियन्त्रणमा हाम्रो भुमिका ” विषयक देशव्यापी खुला recorded video मार्फत भएको वक्तृत्वकला प्रतियोगिता- २०७८मा असरफ अलि मियाँ द्वितीय भएका छन । प्रतियोगिता चन्द्रमा अाचार्यले तृतीय स्थान हासिल गर्न सफल भएकि छिन । ” Surya Shrestha Group virtual वक्तृत्वकला प्रतियोगितामा सहभागी प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गर्न सफल प्रतियोगिले क्रमश १५००० , १०००० र ५००० नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगितामा अनुका चौलागाई , शर्मिला चौलागाई र तेज साउद सान्त्वना भएको संयोजक देवेन्द्र सञ्ज्यालले जानकारी दिनुभयो । सो प्रतियोगितामा देश भरीबाट ३३ जनाले सहभागीता जनाएका थिए । सहभागी प्रतियोगि मध्ये बाट सुदूपश्चिम विश्वविद्यालयका सह प्राध्यापक मोहन सिंह साँउद लगायतको निर्णायक टिमले मुल्यांकनका विभिन्न प्रकृया अपनाई सो नतिजा प्रकाशन गरेको सञ्ज्यालले जानकारी दिनुभयो ।
ADVERTISEMENT