
अछाम, फाल्गुन ७ । सुदूरपश्चिम सेवा समाज दक्षिण काेरियाकाे सहयाेगमा गत महिना अछाम जिल्ला ढकारी गाउपालिमा वाड न. ३ बस्ने मैसरा थापा काे अबिरल बर्षाकाे कारण आएको बाढीले ज्यानगुमाउनु परेको थियोे । दुखी परिवारकाे घाउमा मलम लगाउन का लागि सुदुरपश्चिम समाज सेवा दक्षिण काेरीयामा अध्यक्ष यज्ञमान नायक र संयाेजक बर पाल लगायतकाे समन्वयमा संकलित नगद ७ हजार रकम आज सहयोगी हातहरु नेपाल बाट तर्क बहादुर बिष्ट ‘अनुप’ र देबेन्द सञ्ज्याल ले सो दक्षिण कोरिया बाट पढाईएको कोसेली बाढी पिडितको परिवार समक्ष गएर संकलित सात हजार नगद हस्तान्तरण गरिएको तर्क बिष्टले जानकारी दिनुभयो ।