भारत ।  अखिल भारत नेपाली एकता मंच गुजरात राज्य समिति अन्तर्गत पर्ने अंकलेश्वर भरुच बडोदरा नगर समितिको संयुक्त आयोजना मा ११२औं अन्तराष्ट्रिय नारि दिवश कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाे छ । बडोदरा नगर समिति अध्यक्ष माधव बजगाई ज्यु ले अध्यक्षता गर्नु भएको कार्यक्रम को संचालन तुल्शि बुढा ले गर्नु भएको  थियाे । कार्यक्रममा सहिद हरू प्रति १ मिनेट मोहन धारण सहित गरिएको थियाे । उक्त कार्यक्रम मा अथिति गणहरूलाई माल्यार्पण माया बुढा ,कल्पना देउवा ,साबि बिक ले गर्नु भयको थियो। उक्त कार्यक्रम मा स्वागत मन्तव्य बडोदरा नगर समिति सचिव कृष्ण खडका ले गर्नु भयको थियाे भने कार्यक्रम को प्रमुख अथिति को रूपमा एकता मंच का केन्द्रिय सदस्य गुजरात राज्य समिति का लोक प्रिय युवा नेता प्रकाश बिश्वक्रर्मा  रहनु भयको थियो।

सो कार्यक्रम मा बोल्दै बिश्वक्रर्मा ले महिला हरूको हक हित र अधिकारका लाई महिला दिदि वहिनि हरूनै सरिक भइ ससक्त ढङगले आनदोलनमा लागनु पर्ने बताउनु भएकाे थियाे । उहाँले १९१० मा १७ देशका श्रमिक र राजनीतिक महिला प्रतिनिधिकासाथै फिनल्यान्डमा पहिलोपटक निर्वाचित भएका तीनजना महिला सांसदसहित झन्डै सयजना समाजवादी महिलाको बीचमा दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन आयोजना गरिय को र यही सम्मेलनमा समानताका पक्षपातीबीच ऐक्यबद्धता दिवसको रूपमा मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन क्लारा जेटकिनद्वारा राखिएकोे प्रस्ताव एकमतले पारित भयो ।

सन् १९११ बाट यस दिनलाई विश्वभर समानताको आन्दोलनको रूपमा मनाउन थालियो । १९१४ मा पहिलो विश्वयुद्ध सुरु भएको विभिन्न देशका देशभक्त, शान्तिप्रिय श्रमजीवी जनता त्यस युद्धको विरोधमा उत्रिए । युरोपमा श्रमिक महिलाले युद्ध पिपासुहरूको भण्डाफोर गर्दै विश्वशान्ति र राष्ट्रिय मुक्तिका लागि अन्तर्राष्ट्रिय लिग गठन गर्दै युद्ध नरोकिएसम्म अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) लाई युद्धविरोध र विश्वशान्तिको पक्षमा मनाए । १९१७ को अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रुसका श्रमजीवी महिलाले भोकमरी, युद्ध र जारशाहीविरुद्ध आन्दोलन गरे । उक्त आन्दोलनमा कारखाना हडताल गरी सम्पूर्ण श्रमिकसमेतले साथ दिए । त्यसै वर्ष रुसमा समाजवादी क्रान्ति भयो र महिलाले राजनीतिक रूपमा समानता र स्वतन्त्रता प्राप्त गरे । १९३८ को ८ मार्चमा स्पेनको मेड्रिड सहरमा हजाराैँ श्रमिक महिला सरकारको निरंकुशताविरुद्ध प्रदर्शनमा उत्रिए । मार्च ८ कै दिन चिनियाँ महिलाले जापानी आक्रमणकारीविरुद्ध लड्न र महिलाको जीवनमा सुधार ल्याउने उद्देश्यले ‘सीमा क्षेत्रीय महिला संघ’ गठन गर्दै राष्ट्रिय सुरक्षाको विषयमा आफ्नो संवेदनशीलता प्रस्तुत गरे ।

यसरी मार्च ८ विश्वभरका श्रमिक महिलाले आफ्नो मुक्ति आन्दोलनको प्रतीकको रूपमा मनाउन थालेको जलनत उदाहरण दिनु भयको थियो। उक्त कार्यक्रम मा बिश्वक्रर्मा ले देशको राजनितिक घटना क्रम लाई जोड दिदै महिला हरू माथि हुने हत्या हिसां बलत्कार जस्ता जघने आपराधिक क्रियाकलाप मा सामेल हुने जोकोई ब्यक्ति हरूलाइ कानुनि दायरा मा पुर्याउन आफु प्रति बध्द रहने बताउनु भयको हो । उक्त कार्यक्रम मा बिशिष्ट अथिति गुजरात राज्य समिति बरिष्ट उपाध्यक्ष बर्तमान कार्यवाहक राज्य अध्यक्ष चन्द्रा बि क ज्यु रहनु भयको थियो ।भने अथिति को रूपमा राज्य समिति उपाध्यक्ष रक्षा बिष्ट,राज्य सचिव सुरेश बहादुर बिश्वकर्मा  ,राज्य सह सचिव तुलाराम बिश्वक्रमा , राज्य कोषाध्यक्ष जिवन बिष्ट,र राज्य सदस्य हरू गोकर्ण बि क,पुरन बि क र बिध्यार्थि संगठन बाट अखिल क्रान्तिकारी डोटि जिल्ला सदस्य कमल बिष्ट र समाज सेवि शेर बहादुर बुढा ,प्रेम बहादुर बिष्ट ज्यु अथितिको रूपमा रहनु भयको थियो । सो कार्यक्रम लाई भब्य र सभ्य रूपमा सम्पन गरियको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय