
हिक्मत नेपाली
कमलबजार, चैत्र ५ ।
कमलबजार नगरपालिकामा रहेको नगर स्तरीय दलित संजालको आयोजनामा आज कमलबजारमा आम भेला सम्पन्न भएको छ । नगर स्तरीय दलित संजालका उपाध्यक्ष रण बहादुण टमट्टाको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथी कमलबजार नगरपालिकाका वडा नं ९ का वडा सदस्य कर्ण बहादुर बिक रहनु भएको थियो । बिशिष्ट अथितीमा कमलबजार नगरपालिकाका वडा नं २ का निर्वाचित वडा सदस्य नरेश ढोली रहेका थिए भने अतिथीमा १ वडा स्तरीय दलित संजालका अध्यक्ष कुशे बिक, ७ का गोबिन्द सुनार , ९ का प्रकाश बिक र १० का धन बहादुर बिक रहनु भएको थियो । त्यस्तै रुडेक नेपालका प्राबिधिक उजिर सिंह नेपाली, वडा नं ९ को कार्यालयमा कार्यरत रुप बहादुर बिक, अखिल भारत नेपाली एकता मंचका गुजरात राज्य समिती उपाध्यक्ष रोहित वड, कमलबजार मिडिया प्रा लिका प्रमुख हिक्मत नेपाली, शिक्षक नरेन्द्र बिक, नम नेपाली लगायत दलित समुदाय बाट बिभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तीहरुको सहभागीता रहेको थियो । कमलबजार नगरपालिकाका बिभिन्न वडाका दलित समुदायका एक सय भन्दा वढीको सहभागीता रहेको नगर स्तरीय दलित संजालका सचिब मिलन नेपालीले जानकारी दिनु भयो ।
आजको भेलामा यस अघि सञ्जालको बिस्तार भएका वडामा तत्काल बैठक बसाल्ने र सञ्जालको बिस्तार हुन बाँकी कमलबजार नगरपालिकाका वडा नं ३, ४ , ५, ६ मा तत्काल वडा स्तरीय संजाल गठा गरी संगठन बिस्तार गर्ने निर्णय भएको सचिब नेपाली जानकारी दिनु भयो । आगामी स्थानिय निर्वाचनमा दलित समुदाय बाट प्रतिनिधी गर्ने नेतृत्व सक्षम हुनु पर्नेमा सबैको जोड थियो । यस अघि दलित समुदायबाट नगरपालिकामा प्रतिनिधी गरेका दलित प्रतिनिधीले दलितका पक्षमा काम गर्न नसकेके र नगरमा दलित समुदाय लक्षित बजेटका कार्यन्वयन समेत नभएकोले यसको लेखाजोखा हुन आवश्यक रहेको सहभागीहरुको माग रहेको थियो । नगर स्तरिय दलित संजालका सहसचिब हरिओम नेपालीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन नगर स्तरिय दलित संजालका सचिब मिलन नेपालीले गरेका थिए ।