
हिक्मत नेपाली
डोटी, चैत्र १० ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभाग र प्रादेशिक सुशासन केन्द्र डोटीको आयोजनामा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि २ दिने प्रशिक्षक प्रशिक्षण तालिम डोटीमा सम्पन्न भएको छ । अछाम, डोटी, बाजुरा र दार्चुला जिल्लाका बिभिन्न पालिकामा कार्यरत एम आई एस अपरेटर , फिल्ड सहायक तथा सम्पर्क व्यक्तिहरुको सहभागिता रहेको सो तालिममा बिभाग बाट खटिएका एम आई एस टिम लिडर निर्मल कुमार शर्मा , शाखा अधिकृत पवन कुमार गुप्ता , मेगराज शंकर प्रादेशिक सुशासन केन्द्र डोटीका प्रमुख पदम राज जोशी लगायतले प्रशिक्षण दिनु भएको थियो । २ दिने प्रशिक्षक प्रशिक्षण तालिमले जन स्तर सम्म व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि काम लाई थप व्यबस्थित बनाउन महत्वपुर्ण भुमिका खेल्ने प्रादेशिक सुशासन केन्द्र डोटीका प्रमुख पदम राज जोशी बताउनु भयो । चैत्र ९ र १० दिपायलमा सञ्चालन भएको तालिममा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा अनलाईन प्रणालिमा लगे संगै आएका थप चुनौती लाई कसरी सामना गर्ने बिषयमा बिभागले अपनाउने रणनितीका बिषयमा पनि सहभागीहरु लाई जानकारी गराईएको थियो ।