हिक्मत नेपाली
कमलबजार, चैत्र २४ । कमलबजार नगरपालिका वडा नं १० मा अवस्थित श्री बिद्या प्रबोधनी मा वि घोडासैनको नव निर्मित ४ कोठे पक्की भवनको आज एक कार्यक्रम उद्घाटन गरिएको छ । कमलबजार नगरपालिकाका नगर प्रमुख ओमप्रकाश बिष्टले ४० लाखको लागतमा निर्माण भएको भवनको उद्घाटन गर्नु भएको हो । नगर प्रमुख विष्टकै विशेष पहलमा निर्माण भएको सो ४ कोठे पक्की भवनको निर्माण कार्य सम्पन्न भए संगै बिद्यार्थी लाई पठनपाठनमा सहज हुने विद्यालयका प्रधानाध्यापक रुपानन्द उपाध्यक्षले विश्वास लिनु भएको छ । नगर प्रमुख विष्टले नगरप्रमुखको जिम्मेवारी सम्हाले यता कमलबजार नगरपालिकाका विभिन्न वडामा अवस्थित विद्यालयमा पक्की भवन निर्माण सम्पन्न भएका छन । विकास प्रेमी नेताको छवि बनाउनु भएका विष्टकै पहलमा केहि विद्यालयमा पक्की भवन निर्माणको चरणमा रहेका छन । शिक्षा बाट नै विकासको ढोका खुल्ने भएकोले नगर प्रमुख बिष्टलेआफ्नो कार्यकालमा शिक्षा क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर काम गरिरहनु भएको छ । आजको उद्घाटन कार्यक्रममा कमलबजार नगरपालिकाका नगर उपप्रमुख भुमिसरण ढकाल बजगाई , कमलबजार नगरपालिका वडा नं १० का वडा अध्यक्ष भिम बहादुर बिष्ट , नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट , सो विद्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थित रहेको थियो ।
यस अघि हिजो मात्रै श्री पद्मासना आधारभूत विद्यालय कमलबजार नगरपालिका वडा नं ७ सेरामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम को चार कोठे भवन सिलान्यास गरिएको थियोे । कमलबजार नगरपालिकाका नगर प्रमुख ओमप्रकाश बिष्टले ४ कोठे पक्की भवनको शिलान्यास गर्नुभएको थियो । सो सिलन्यास कार्यक्रममा कमलबजार नगरपालिकाका नगर उपप्रमुख भुमिशरण ढकाल बजजगाई, वडा नं १० का वडा अध्यक्ष भिम बहादुर बिष्ट , वडा नं ७ का अध्यक्ष गोविन्द बहादुर भण्डारी त्यसैगरी जाल्पा देवी मा वि ढाँकुका प्रअ जनक बहादुर भण्डारी , नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट , नेपाली काँग्रेस कमलबजा नगर सभापति पदम बहादुर भण्डारी, वडा नं ७ का सभापति खड्ग बहादुर भण्डारी कार्यपालिका सदस्य लोकेन्द्र बहादुर नेपाली लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय