हिक्मत नेपाली
कमलबजार, असार २२ ।
कमलबजार नगरपालिकाको आयोजनामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ । कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा नगर उपप्रमुख शारदा कुमारी बिष्ट, कमलबजार नगरपालिकाका दश वटै वडाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट , बिषयगत शाखाका प्रमुख तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे । स्वास्थ शाखा प्रमुख चक्र बहादुर बिष्टले कमलबजार नगरपालिकाको स्वास्थ शाखा बाट खोप कार्यक्रम अन्तर्गत पालिका भरि भए गरेका गतिविधि सेमेटेर प्रस्तुतीकरण गर्नु भएको थियोे । राष्ट्रिय खोप कार्यक्रमहरु प्रभावकारी भएकैले बाल मृत्युुदरमा उल्लेखनीय कमि आएको बिष्टले बताउनुभयो साथै पछिल्लो समय कमलबजार नगरपालिकाले कोराेना भाईरस(कोभिड १९) रोग संक्रमण बाट जोगाउन खोप कार्यक्रम लाई उच्च प्राथमिकताका साथ निरन्तरता दिएको जानकारी दिनुभयो । USAID ,सुआहारा, युनिसेफ, WHO र नेपाल सरकारको संयुक्त साझेदारीमा स्थानीय श्रोतको उपयोग ,स्वामित्व र सहभागिता , पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथमा कमलबजार नगरपालिकामा पनि विभिन्न रोग बाट बचाउन बिभिन्न खोप कार्यक्रम भईरहेका छन । आजको कार्यक्रममा खोप कार्यमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने प्रत्येक १० वटै वडामा रहेका स्वास्थ चौकीका कार्यरत चौकि ईन्चार्ज लाई सम्मान पत्र पनि वितरण गरिएको थियोे । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखामा कार्यरत हेल्थ असिस्टेन्ट टेक बहादुर बिष्टले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय