कैलाली श्रावण १४ । लम्कीचुहा नगरपालिका वार्ड नं ३, ढुङ्गीबजार कैलालीकी सिमान्तकृत लोपोन्मुख “सोनाह” जातकी दुर्गा सोनाहा मानसिक सन्तुलन गुमे पछी बिगत दश वर्ष देखी साङ्लोले बाँधिएर राखिएकी छन्।
घरमा उनको हेरचाह गर्ने र हातमुख जोर्न सहयोग गर्ने कोही पनी नभए पछी बाध्य भएर बाँध्नु परेको आमा पार्वती सोनाहाले बताउनु भएको छ। उहाँको आर्थिक अवस्था निकै कमजोर छ । उहाँले सहयोगका लागि सबै संग अपिल गर्नुभएको छ ।

साथै आजै उनको उद्दार गरी उपचारको लागी काठमाण्डौ पठाईएको छ । कैलालीकी मानसिक सन्तुलन गुमाई हालसम्म साङ्गलोमा बाँधेर राखिएकी “लोपोन्मुख सिमान्तकृत” समुदायकी दुर्गा सोनाहालाई नवजिवन परोपकार समाजका दुर्गा नाथ दाहालको समन्वयमा मानसिक अस्पताल काठमाण्डौमा उपचारको लागी सहयोग हात नेपालका अध्यक्ष देवेन्द्र सञ्ज्यालले पठाउनु भएको छ।
उहाँको उपचारका लागि सहयोग गर्न चाहानु हुने मनकारी व्यक्तिले सम्पर्क नं 9848429689 मा सम्पर्क गर्न अनुरोध गरिएको छ । आज निजका लागि सम्पर्कका लागी नयाँ मोबाइल फोन, केही लुगा कपडा, गाडी भाडा, बाटो खर्च सहित व्यवस्था गरेर पठाईएको सञ्ज्यालले जानकारी दिनु भयो ।

सहुलियत यात्राका लागी सुदुरपश्चिम यातायात लम्कीका ईन्चार्ज छवि न्यौपाने लाई धेरै धेरै धन्यबाद व्यक्त गरिएको छ ।

उहाँको छिट्टै सञ्चो भई पुन: सामान्य जिवन प्राप्तीको कामना समेत गरिएकोछ । आज सहयोग गर्ने सहयोगी -: प्रकाश पन्त र भोजराज खड्का प्रती हार्दिक नमन व्यक्त गर्दछु भनेर उल्लेख गर्नु भएको छ ।
सम्बन्धित सरोकारवाला सबै निकायको ध्यानाकर्षणका लागि आग्रह समेत गरिएको छ ।

सम्पर्क
9848429689

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय