कमलबजार, श्रावण १९ ।
कमलबजार दलित एकता समाजले क्यान्सर पिडित नरी ढोलीको जीवन रक्षार्थ नरी ढोली बचाउ अभियान सुरु गरेको छ । आज कमलबजार बाट सुरु भएको अभियानमा ३६३८५ (अक्षेरुपी छत्तीस हजार तीन सय पन्चासी) नगद संकलन गरिएको कमलबजार दलित एकता समाजका अध्यक्ष मिलन नेपालीले जानकारी दिनुभएको छ । भोलि थप रकम संकलन गरेर पिडित लाई हस्तान्तरण गरेर तत्काल उपचारका लागि चितवन पठाईने नेपाली ले बताए ।
दलित एकता समाजले पिडित नरी ढाेली लाई आर्थिक सहयोग गर्ने उनको घरमा पुगेको वेला ढोली बचाउ अभियान सञ्चालन गर्ने उद्घोष गरेको थियोे ।
यश अघि श्रावण १७ गते कमलबजार नगर दलित एकता समाज अछाम द्वारा क्यान्सर पिडित नरी ढोली र सुगर तथा मृगौला पिडित गंगे सुनार लाई आर्थिक सहयोग गरिएको छ । एक कार्यक्रमका बिच ढोली लाई ६ हजार पाँच सय नगद र सुनार लाई ५ हजार नगद हस्तान्तरण गरिएको थियोे । आर्थिक अवस्था नाजुक भएका कारणले उपचार गराउन कठिनाइ भएको भनी सामाजिक सञ्जालमा आएपछि थोरै भएपनि राहत पुगोस भन्ने उदेश्यले पिडितको घरमै गएर समाजले हस्तान्तरण गरेको थियोे । कमलबजार नगरपालिका वडा नं ७ सेरा निवासी ढोली र सुनार दुवै जना लामो समय देखि स्वास्थ समस्या ग्रस्त रहि पिडामा रहेकोले सवैले उहाँको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिदिन हुन समाजले अपिल समेत गरेको छ ।
पछिल्लो समय कमलबजार दलित एकता समाजले दलित समुदायका विभिन्न समस्या लाई लिएर अघि बढिरहेको र आगामी दिनमा विभिन्न समस्यामा परेका हरुलाई सहयोग गर्ने कार्यमा निरन्तर लागि रहने समाजका अध्यक्ष मिलन नेपालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय