हिक्मत नेपाली
कमलबजार,भाद्र ३० ।
प्राथमिक स्वास्थ केन्द्र कमलबजारका प्रमुख डा.अनमोल थापाले स्वास्थ विमा कार्यक्रम लाई कार्यन्वयन गराई विमितको संख्या बढाउन स्थानीय सरकारले बिशेष अभियानको रुपमा अगाडि बढाउनु पर्ने बताउनुभयो । आज कमलबजार दैनिक डटकम संग कुरा गर्दै स्वास्थ विमा लाई प्रभावकारी बनाउन स्थानीय सरकारले जनचेतना अभिवृद्धिका कार्यक्रम गर्नुका साथै अभियानकै रुपमा लिनुपर्ने बताउनु भएक‍ो हो । स्वास्थ विमाका फाइदाका बिषयमा आम नागरिक समक्ष सहि सन्देश सम्प्रेषण नभएकोले पनि विमितको संख्या बढ्न नसकेको हुदा प्रचारप्रसार गरिनुका साथै प्रत्येक वडामा खटाईका स्वास्थ विमा दर्ता सहयोगी पनि सक्रिय हुन आवश्यक रहेको बताउनु भयो । हाल पालिकाका १० वडा मध्ये ६ वडामा दर्ता सहयोगी सक्रिय छन भने बाँकी वडामा दर्ता सहयोगीका लागि नियुक्ति प्रक्रिया भईरहेको बताईएको छ।
गत तीन महिनाको अवधिमा २ जना स्वास्थ बिमा विमित मात्र प्राथमिक स्वास्थ केन्द्रमा उपचार गर्न आएकोले कमलबजार नगरपालिकामा स्वास्थ बिमा गर्नेको संख्या न्यून रहेको समेत थापाले बताउनुभयो । तीन हजार पाँच सय तिरेर बिमा गरेमा बार्षिक १ लाख सम्मको उपचार नि शुल्क हुने व्यवस्था छ। ७० बर्ष माथिका जेष्ठ नागरिक , क वर्गको अपांग परिचयपत्र पाएका र अति गरिब घरपरिवार परिचय पत्रमा रातो कार्ड पाएकाहरुका लागि निशुल्क बिमा गरिन्छ , स्वास्थ विमा मार्फत हुने सेवामा ओपिडी सेवा, रगत जाँच , भिडियो एक्सरे लगायतका सेवा निशुल्क हुने भएकोले नागरिकलाई स्वास्थ बिमा गर्न डाक्टर थापाले आग्रह समेत गर्नु भयो ।उहाँ संगको बिशेश संवाद KAMALBAZAR MEDIA KBM TV Youtube channel मा हेर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय