
हिक्मत नेपाली
कमलबजार, भाद्र ३१
कमलबजार नगरपालिकाका वडा नं ७ , ८ , ९ र १० का ३८ जना आमा बुवा गुमाएका बालबालिका लाई जनही ४ हजार पाँच सयका दरले आर्थिक सहयोग गरिएको छ । युनिसेफको आर्थिक सहयोग र बास नेपालको साझेदारीमा रकम हस्तान्तरण गरिएको बास नेपालमा कार्यरत मनोसामाजिक कर्ता जिरा बिष्ट (भण्डारी ) ले बताउनु भयो । रकम हस्तान्तरण कार्यक्रममा कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट , ७ नं वडा अध्यक्ष नृप बहादुर बोहरा , ८ नं वडा अध्यक्ष प्रजा बहादुर बोगटी, ९ नं वडा अध्यक्ष कमल प्रसाद बजगाई , प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट , महिला तथा बालबालिका शाखा प्रमुख डम्बर ढुङ्गाना , लगायतको उपस्थिति रहेको थियो ।